१० भाद्र २०७७–खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं.७ मा पर्ने कात्तिकेमा दिक्तेल बाट काठमाण्डौ हिडेको को २ च १८३३ नम्बरको बोलेरो पिकअप बोलेरो जीप दुर्घटना भएको खबर प्राप्त भएको छ ।
दुर्घटना परी पिकअपका चालकको घट्नास्थलबाट उद्धार गरिएका र चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताएकाछन् । दुर्घटनाग्रस्त बोलेरो जीपबाट उद्धार गरिएका घाईते चालकको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीको भनाई रहेको छ ।
कात्तिके भन्ने ठाँउमा पर्ने हाइवेको घुम्तीबाट करीब ५०÷६० मिटर तल खसेको बोलेरो बाट उद्दार गरिएको चालकको थप उपचारका लागि एम्बूलेन्समार्फत काठ्माण्डौं पठाउने तयारी भइरहेको डिएसपी चिमोरियाले बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]