११ भाद्र २०७७ खोटाङ । गीतकार तथा संगीतकार नबिन संघर्षको हाम्रो जिन्दगी बोलको गीत सार्बजनिक भएको जानकारी प्राप्त भएको छ ।
खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१३ नुनथलाको महुरेमा जन्मिएका नबिन संघर्ष सानै उमेर देखी गीत संगीत र कला साहित्य साधनामा लागेका एक उदाउदो श्रष्टाका रुपमा नेपाली गीत संगीतमा देखा परेकाछन् ।
बिशेष गरेर आधुनिक तथा जनबादी गीतहरु लेखन गर्नु,संगीत भर्नु र गाउन संगै सक्ने श्रष्टा नबिन संघर्षको आफ्नो रचना तथा संगीतमा, गाएक कृष्णभक्त राईको स्वर,राजु कार्कीको एरेन्जमा हाम्रो जिन्दगी नामक गीत स्टुडियो किङ्ग युट्युब च्यानल मार्फत सार्बजनिक गरेको जनाएकाछन् ।
ग्रामीण जनजीबनमा खेपिएका अनेकौ अक्करभिरका कष्टहरुलाई आधुनिक गीत मार्फत सचित्र उतार्ने प्रयास गरिएको उक्त गीतमा जिबन जिउनुको बास्तबिकता संघर्षले मात्र लक्ष्य सम्म पुग्न सकिने गीतकारको गीतले ब्यक्त गरेको छ ।गीत सुन्न यो लिंकमा क्लीक गर्नुहोस https://youtu.be/dVpNI_H7kOA
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]