१२ भाद्र २०७७–खोटाङ । जिल्ला अस्पताल खोटाङ बाट ६ जना प्रहरी जवानले कोरोना जितेर बिदाई भएको खबर प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङमा बिराटनगरबाट सरुवा भएर आएका प्रहरी जवान लाई क्वारेन्टीनमा राखिएको अवस्थामा गरिएको पिसिआर परिक्षणका क्रममा संक्रमण पूष्टी भएसंगै जिल्ला अस्पतालको आइसोसेलनमा राखिएका ६ जना प्रहरी जवान बिहिबार डिस्चार्ज भएको खबर प्राप्त भएको छ ।
कोरोना जितेका प्रहरीहरुलाई बिदाईका क्रमममा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमोरिया, शसस्त्र प्रहरीका डिएसपी सरोज कार्की, जिल्ला अस्पतालका प्रमुख रबिनकुमार फुयाँल र डा. शैलेस श्रेष्ठले फूल तथा खादा ओढाएर बिदाई गरिएको जनाएको छ ।
गत श्रावण ३१ बाट आइस्युलेसनमा रहेका संक्रमितहरु सामान्य अबस्थामा फर्किएकाले उनिहरुलाई डिस्चार्ज गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा.शैलेस श्रेष्ठले बताएकाछन् । यता डिस्चार्ज भएका जवानहरुलार्ई अझै एक हप्ता सम्म क्वारेन्टीनमा राखेर मात्र ड्यूटीमा खटाइने डिएसपी नारायण प्रसाद चिमोरियाको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]