कमल प्रसाद तिमल्सिना
ललितपुर
२०१९ डिसेम्बर को अन्त्य तिर बाट चिनको बुवान बाट सुरु भएको कोभिड १९ (कोरोना भाइरस) ले हाल अगष्ट २०२० आइपुग्दा पनि यसको आतंक कम हुन सकेको छैन र तत्काल कम हुने सम्भावना पनि छैन। बिश्व समुदाय बिस्तारै बिस्तारै आफ्नो पुरानो दिनचर्या मा फर्कने कोशिस गरिरहेका छ, तर कोरोनाको कहर भने कम हुने संकेत देखिएको छैन।
यो लेख तयार गर्दा सम्म बिश्व भारी कोरोना संक्रमित को संख्या २४,३९३,६८६८ रहेको देखिन्छ भने मर्ने हरुको संख्या ८,३०,८०५ छ अनि उपचार पछी घर फर्कने को संख्या १६,९२४,५५८ रहेको देखिन्छ।प्रतिशत मा हेर्ने हो भने संक्रमित मध्ये मर्ने हरु को संख्या ३.४०% छ भने उपचार पछी घर फर्कने को संख्या ६९.३८%रहेको छ यसरि हेर्दा मर्ने को संख्या भन्दा निको हुनेको संख्या कयौं गुणा बढी छ।
नेपालभित्र यो लेख तयार पार्दा सम्मको तथ्यांक हेर्ने हो भने जम्मा संक्रमित को संख्या ३५,५२९ रहेको छ जस मध्ये १८३ जना ले ज्यान गुमाउनु भएको छ भने २०,०७३ जना उपचार पछी घर फर्कनु भएको छ यसलाई प्रतिशत मा हेर्दा मृत्यु हुने जम्मा ०.५१ प्रतिशत हो भने उपचार पछी घर फर्कनेको शंख्या ५६.५ प्रतिशत देखिन्छ। यसरि हेर्दा यो रोग बाट मानिस यति धेरै आतिनु पर्ने भन्दा पनि सुरक्षित साथ रहनु राम्रो विकल्प हो तर सुरक्षित साथ रहनु भनेको लकडाउन गर्नु विकल्प हो जस्तो लाग्दैन।
२०७६ साल चैत्र ११ गते बाट को लकडाउन बिच को केहि समय लाई नगन्ने हो भने ६ महिना पार गरिसक्यो, यो अबधि मानिस मा कुनै आशा उमङ्ग भन्दा पनि डर र त्रास मात्र सिर्जना गराएको देखिन्छ। कुनै पनि रोग लाग्नु भन्दा लाग्न नदिनु उत्तम विकल्प हो भन्ने कुरा मा कसै को दुई मत छैन तर मानिस घर भित्र मात्र थुनिएर कोरोना बाट त बचिएला तर यस बाट सिर्जना हुने अरु सामाजिक, आर्थिक तथा मनोबैज्ञानिक रोग को हामीले आकलन गरेको भन्दा भयाभव हुन सक्दछ।
अहिले हरेक घरघरमा अशान्ति र कलह फैलिएको छ, कोही कसैको मुहारमा खुशी देख्न पाईदैन ।
सबैलाई भविष्यको चिन्ता छ, बालबच्चाको भविष्य चिन्ता छ, सबैका सपनाहरु क्षदविक्षेद भएका छन् । बैंकको किस्ता र घरबेटीको भाडाको चिन्ताले ब्यवसायीले कुनबेला कहाँ के घटना घटाउने हुन थाहा छैन । हरेक ब्यक्ति डिप्रेशनको शिकार भएका छन् । लकडाउन समस्या समाधानको विकल्प होईन भन्ने प्रमाणित भई सकेको छ ।
SEEपरिक्षा को तयारि गरेर बसेका कलिला अबोध बालबालिका आफ्नो आफ्नो परिक्षा केन्द्र पुगिसकेको अवस्था मा एकासी परिक्षा स्थगित हुँदा कति बालबालिका मा त्यतिनै बेला डिप्रेशनको शिकार भएका थिय, पछी आन्तरिक मूल्यांकन बाट परीक्षाफल प्रकाशन गर्ने सरकार को निर्णय अनुसार बिद्यालय को मूल्याङ्कन को आधार मा परीक्षाफल सार्वजनिक त भयो तर समाजमा बाल मस्तिकमा अर्को एउटा बिना परिक्षा पास हुने व्याच कोरोना ब्याच आदि नाम दिदा बाल मनोविज्ञान मा पनि असर परेको देखिन्छ । यस्ता सुश्म बिषय मा पनि ध्यान जानु जरुरि देखिन्छ।
निषेधाज्ञा को नाम मा सर्वाशाधारण मानिस कतै हिड्डुल गर्न नन्मिलने तर पहुच हुने हरु का कुनै काम नरोकिने, बिभिन्न बाहाना का पास र कार्ड को बेबस्था हुने ,निषेधाज्ञावा लकडाउन ले हामी छ महिना हैन ६ बर्ष यसरि समस्या समाधान हुने देखिदैन। लकडाउन गरेरै समस्याको समाधान गर्ने हो भने राज्यले नागरिक लाई यति बिस्वस्त पार्नु पर्यो कि यो लकडाउन अवधि भर अत्यावसेक सेवा बाहेक ब्यक्तिगत आर्थिक उपार्जन का व्यवसाय पूर्ण रुपमा बन्द, सरकारी कार्यालय बाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द र सम्पूर्ण नागरिक लाई घर भित्र बस्न आग्रह गर्ने अनि कोरोना परिक्षण लाई बृहत रुपमा अघि बढाउने र खुल्ला सिमाना रहेको छिमेकि मुलुक भारत सँग को आउ जाउ लाई घटी को ६ महिना पूर्ण रुपमा बन्द गर्ने हो भने हामि कोरोना निर्मुल को दिशा तर्फ जान सक्दछौ, हैन भने हामि अझै कोरोना को त्रास बाट मुक्त हुन सक्ने अवस्था मा छैनौ, त्यसैले यस्तो निषेधाज्ञा ले कोरोंना को नियन्त्रण भन्दा अन्य रोग तथा दुर्घटना बढ्न सक्ने हुनाले सम्बन्धित पक्षको ध्यान जानु जरुरि छ। जय होस
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]