१४ भाद्र २०७७–खोटाङ । जिल्लाको ऐसेलुखर्क गाउपालिका वडा नं.४ जलेश्वरीमा बादरलाई हानेको गोली लाग्दा एकजना वालकको ज्यान गएको खबर प्राप्त भएको छ ।
ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङको घर नजिकै रहेको बारीमा रोपिएको सखरखण्ड खाँदै गरेको बाँदर धपाउनका लागि शुक्रबार साँझ भरुवा बन्दुक पड्काउनेक्रममा छर्रा लाग्दा तामाङका जेठीसासुका छोराकोे घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाको भनाई रहेको छ ।
बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईको भनाई रहेको छ । प्रहरीले मानकाजीलाई बन्दुकसहित पक्राउ गरेर आबश्यक अनुसन्धान थालिएको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]