१४ भाद्र २०७७–खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार ढलानको रिर्पोटिङ गर्ने क्रममा स्वतन्त्र पत्रकार माथी हातपात भएको छ ।
सडक ढलानको काम भइरहेको दिक्तेल बजारस्थित रत्नपार्कमा शनिबार साँझ समाचार सङ्कलनमा पुगेका पत्रकार सञ्जिव राई, राजन ठटाल, दिवस रिजाल र सन्तोष पौडेलमाथि स्थानीय बासिन्दा केशव दाहाल र राजु श्रेष्ठले हातपात गरेका हुन् ।
रत्नपार्कस्थित किराँतचोकमा भइरहेको सडक ढलानको भिडियो खिचिरहेको अवस्थामा दाहाल र श्रेष्ठले आफूहरुमाथि स्थानीय बासिन्दाको गुनासो नसुनी नगरपालिका र ठेकेदार कम्पनीको मात्र कुरा सुनेर समाचार बनाएको आरोप लगाउँदै हातपात गरेको पीडित पत्रकारको भनाई रहेको छ ।
पिडित पत्रकार राईका अनुसार हामीमाथी हातपात भइैरहँदा ड्युटीमा खटिएका प्रहरी प्रत्यक्षदर्शी भएर हेरिरहेको र घटनास्थलबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षकलाई जानकारी गराउँदा लिखित उजुरीका आधारमा मात्र कार्बाही अगाडी बढाउने प्रतिक्रियाको आधारमा तत्काल प्रहरीमा उजुरी दिइएको पत्रकारहरुले बताएका छन् ।
आफूहरुले प्रहरी कार्यालयमा पुगेर दोषीमाथि कारवाहीको मागसहित उजुरी दिएपनि प्रहरीले दोषीलाई पक्राउ गर्न चासो नदिएको पीडित पत्रकारहरुले बताएका छन् । पत्रकारले दिएको उजुरी बुझ्दै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले कारवाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
प्रहरीमा उजुरी दिएपछि हातपात गर्नमा संलग्न दाहालका छोरा सुराजन दाहालले फोन गरेर धम्क्याउने आफू बिग्रिएको मान्छे भन्दै जे पनि हुन सक्ने भन्दै धम्की दिएको पत्रकार ठटालको भनाई रहेको छ ।
राज्यको चौथो अंगको रुपमा स्तन्त्र पत्रकारिता गर्ने पत्रकारहरुमाथी दिनदहाडै सार्बजनिकस्थलमा हातपात हुँदा मेरो साथी प्रहरीका जिल्ला नायक प्रहरी नायव उपरिक्षक प्रकृया खोज्दै बस्नु, ड्युटिमा खटिएका प्रहरी मुकदर्शक भएर बस्नुको कुनै रहस्य रहेको आम बुझाई रहेको छ
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]