१५ भाद्र २०७७–काठमाण्डौ । मन्त्रिपरिषद्को हिजो आइतबार साँझ बसेको बैठकले भाद्र मसान्त सम्म आन्तकि उडान र लामो दूरीका यातायातका साधन सञ्चालन नगर्ने निर्णय गरेको जनाएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै तत्कालका लागि लामो दूरीका यातायातका साधन, हवाई उडान र शिक्षण संस्था सञ्चालन नगर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले भदौ १६ गतेदेखि लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान चलाउने निर्णय गरेको थियो ।
कोरोना महामारी बढेपछि राजधानी काठमाडौंमा करिब दुई सातादेखी निषेधाज्ञा जारी छ । तरपनि कोरोना संक्रमितको संख्या न्युनिकरण्णमा आएको छैन । लकडाउन सुरु भएको साढे ३ महिनापछि सरकारले गत असार २६ गतेदेखि छोटो दुरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]