१६ भाद्र २०७७–काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ को विश्वब्यापी महामारीका कारण नेपालका मन्त्री देखी प्रख्यात डाक्टर सम्मलाई संक्रमण पुष्टी भएको जानकारी प्राप्त भएको छ ।
भरखरै प्राप्त जानकारी अनुसार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको प्रदेश प्रयोगशाला बिराटनगरले जनाएको छ ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको र सोमबारदेखि ज्वरो समेत आएकोले शनिबार साझदेखि मन्त्री घिमिरे निवासमै रहेको र उनको श्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयको भनाई रहेको छ ।
त्यसैगरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण पोजेटिभ देखिएकोे काठमाडौं महानगरपालिकाका प्रेस विज्ञ मोहन बाँस्तोलाको भनाई रहेको छ ।
गत दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको र श्वास्थ्य अवस्था भने सामान्य रहेको बताईएको छ ।
नेपालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको खबर प्राप्त भएको छ । कोरोना पुष्टि भएपछि रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन् । डा. रिजाललाई शनिवार नै कोरोना संक्रमण पुष्टि भएको हो । शनिबारै कोरोना पुष्टि भए पनि आफू आइतवारदेखि मात्रै अस्पतालमा भर्ना भएको डा.रिजालले जानकारी दिएका छन् ।
गत आइतबार श्वास्थ्यमा केही असजिलो भएपछि अस्पताल भर्ना भएका रिजालले अहिले भने आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिएकाछन् । कोरोना संक्रमण हुँदैमा नआत्तिन आम नागरिकलाई अनुरोध समेत गरेकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]