• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

मध्यरातिदेखि खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान

१७ भाद्र २०७७, बुधबार ०९:२१ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ५५२ पटक पढिएको
  • देश पोष्ट
    १७ भाद्र २०७७–काठमाण्डौ । कोराना भाइरस कोभिड १९ को न्युनिकरण तथा ब्यबस्थापनको लागि गत २०७६ चैत्र ४ गते देखी बन्द भएको नियमित अन्तर्राष्ट्रिय उडान गत राती १ः०० बजेबाट शुरू भएको जानकारी प्राप्त भएको छ ।

    नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान शुरू भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
    सरकारले भदौ १६ देखि सीमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत हप्ता मात्रै नियमित अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको थियो । मन्त्रालयले तत्काल सेप्टेम्बर सम्मका लागि ५८ वटा नियमित उडानको तालिका बनाएको छ ।

    सार्वजनिक गरिएको तालिकाअनुसार हरेक दिन २ वटा नियमित अन्तर्राष्ट्रिय उडान हुनेछन् । जसमध्ये २९ उडान स्वदेशी अन्तर्राष्ट्रिय उडान सेवा प्रदायक निगम र हिमालय एयरलाइन्सको हुनेछ । बाँकी विभिन्न देशका अन्तर्राष्ट्रिय सेवा प्रदायकको हुने गरी तालिका सार्वजनिक गरिएको छ ।

    मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले यसअघि दैनिक ५०० भन्दा बढी यात्रु ल्याउन नपाउने सीमालाई बढाएर ८०० सम्म यात्रु ल्याउने निर्णय गरेको छ । यसै समयमा भइरहेको उद्धार उडानसमेत जोडेर सो संख्यामा यात्रु ल्याउन सक्ने सरकारको निर्णय छ । मन्त्रालयले नियमित अन्तर्राष्ट्रिय उडानसँगै सार्वजनिक गरेको तालिकाअनुसार सेप्टेम्बरभर २७ वटा उद्धार उडान हुनेछन् ।

    नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले केही विशेष नियम पनि बनाएको छ । यस्तो उडानका लागि यात्रुले ७२ घन्टाअघिको कोभिड नेगेटिभ रिपोर्ट अनिवार्य बुझाउनुपर्ने छ । यसरी परीक्षण नगरेका यात्रुसमेत मिसाएर उडान गराएमा त्यसको क्वारेन्टाइन व्यवस्थापन खर्च सम्बन्धित विमान कम्पनीले नै व्यहोर्नुपर्ने छ ।
    नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित किसिमको अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ ।

    खासगरी कोभिड संक्रमणबाट बच्ने उपायसहित विमानस्थलका हरेक प्रक्रियाका लागि आवश्यकता अनुसार जनशक्ति व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

    विमानस्थल सुधारतर्फ बन्दाबन्दीकै अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र ट्याक्सी वे ३०० मिटर विस्तार गरिएको छ । यात्रु आगमनलाई सोझै विमानस्थल प्रवेशद्वार नजिकैको ट्याक्सी पार्किङ स्थलतर्फ लैजाने व्यवस्था गरिएको छ । सामाजिक दूरी कायम गर्ने तथा विमानस्थलको साजसज्जा पनि यसैबीचमा सम्पन्न भएको छ ।

    नियमिततर्फको अन्तर्राष्ट्रिय उडान शुरू भएपनि आन्तरिक उडान भने खुला भएको छैन । सोमवारको मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्म आन्तरिक उडान खुला नगर्ने निर्णय गरिसकेको छ ।

    सरकारले नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउन पाउनेको संख्या बढाएको छ । भदौ १७ गतेदेखि खुल्ने उडानबाट दैनिक ८०० जना स्वदेश आउन पाउने छन् । यसअघि सरकारले दैनिक ५०० मात्र आउन दिने निर्णय गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑