संस्कृतीविद डा.भक्त राई
स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार एक जना व्यक्तिमा कोरोना सङक्रमित भएको पत्ता लाउन एक लाख सात हजार खर्च हुन्छ । यो हिसाबले हेर्ने हो भने नेपालमा दैनिक लगभग १०,०००र व्यक्तिमा परिक्षण गर्दा १,०००र जना जति सङ्क्रमित पुष्टि हुने गरेको छ । उनको भनाईलाइ आधार मान्ने हो भने कोरोना परिक्षणमा मात्रै दैनिक १०७००००००र (दश करोड सत्तरी लाख) खर्च हुन्छ ।
अझ क्वारेन्टाइन खर्च,आइस्योलोशन सेन्टर खर्च,आइसियु निर्माण खर्च, भेन्टिलेटर खर्च आदिको नाममा देशभर दैनिक अरवौँ खर्च भइरहेको बुझिन्छ तर यसको औचित्य के ? के ती सङक्रमितहरुलाई व्यस्थित गरेर राख्न सकिएको छ? उनीहरुको अनुगमन छ? उपचार छ? भ्याक्सिन छ? पर्याप्त आइस्योलेशन सेन्टर छ? आइसियु र भेन्टिलेटर छ ? जब कुनै रोगको उपचार नै छैन, कोरोना सङक्रमितलाई सुरक्षा गर्न, उपचार गर्न सकिन्न भने किन अनावश्यक खर्च गर्नु ? संसारमा कुन देशले कोरोनाको औषधि निर्माण गर्न सकेको छ? कुन देशले भ्याक्सिन निर्माण गरेर उपचार गर्न थालेको छ ? यसरी नै संसारमा कुन देशले कोरोना भाइरस मार्ने स्यानिटाइजर बनाउन सकेको छ? संसारमा कुन देशले कोरोना भाइरस छेक्न सक्ने मास्क निर्माण गरेको छ ? यो हुनै नसक्ने र निरर्थक कार्यको लागि किन जनतालाइ तनाव दिनु ?, किन दवाव दिनु?,किन दुख दिनु ?
स्यानिटाइजर र मास्कले कोरोना मार्ने भए,छेक्ने हो भने संसारभरका वैज्ञानिकहरु किन यसरी दिमाग खियाउनु पर्छ ? अनि जस्ले कोरोना मार्न पनि सक्दैन , छेक्न पनि सक्दैन भने त्यसैको लागि किन दवाव दिनु, किन तनाव दिनु? किन अनिवार्य गर्नु ? विश्वस्वास्थ्य सङगठनको इशारामा कोरोना सङक्रमितको सङ्ख्या बढाउनकै निम्ति गरिव नेपाली जनताले तिरेको कर सिध्याउने खेल कहिलेसम्म खेल्ने ? जनतालाई घरभित्र थुनेर मात्र कोरोना भाइरस नलाग्ने भए थुनेर राखेका कैदीहरुलाइ किन लाग्यो त? फेरि जनतालाई कहिलेसम्म थुनेर राख्ने? कति महिनासम्म ? कति वर्षसम्म थुनेर राख्ने ? आत्माहत्या गरेर मरेको प्रष्ट हुदाहुदै,दुर्घटनाबाट मरेको थाहा हुदाहुदै मुटु, मृगौला, क्षेयरोग आदि दीर्घ र घातक रोगका कारण मरेको प्रष्ट हुदा हुँदै तिनीहरुलाइ कोरोना परिक्षण गर्नुको औचित्य के? तिनीहरुलाइ कोरोनाकै कारण मरेको बनाइनु पर्ने कारण के ? नेपालमा अरु कुनै रोग नलागी सिर्फ कोरोनाको कारणबाट मात्र मृत्यु भएको एकजना मानिस कसैले देखाउन सक्छ? ऐले संसारमा कोरोनाबाहेक अरु रोग नै छैन,अरु रोग नै होइन भन्ने भावनाको विकास भएको कारण विश्वमा लाखौ मानिस दैनिक रूपमा मृत्यु भइरहेका छन् ।
अन्य कैयौँ रोगका कारण मृत्युु हुन लागेका विरामीहरुलाई तत्काल सम्बन्धित रोगको उपचार नगरी कोरोना परिक्षण गर्ने र त्यस्को नतिजा कुर्न थाल्दा सयौं विरामीको मृत्यु भइरहेको छ । कोरोनाको सङ्ख्या बढाउन जुनसुकै रोगका विरामीलाइ सबैभन्दा पहिले कोरोना परिक्षण गरिन्छ ताकी अरु रोगको कारण त मृत्यु नै हुदैन जसरी अरु रोगको वास्ता नै गरिन्न । यतिबेला अन्य रोग लागेका लाखौ विरामीहरु अस्पताल जान सकिरहेको छैन ।
गयो कि सबैभन्दा पहिले त्यो विरामीलाई कोरोना भाइरस सङक्रमित भएको बनाउने कोसिस गरिन्छ । हर्ट एट्याक भएर गएको विरामीलाइ मुटुको उपचार गर्नुको सट्टा पहिले कोरोना परिक्षण गर्न थालिन्छ । क्यान्सर लागेर, क्षयरोग लागेर वा अन्य रोग लागेर अस्पताल गएको विरामीलाइ कोरोना परिक्षण गर्न थालिन्छ । लाग्छ सरकार कोरोना सङक्रमितको सङ्ख्या धेरै होस ताकी धेरै अन्तर्राष्ट्रिय सहयोग लिन सकियोस, लकडाउन बढाउन सकियोस, कोरोनाको नाममा फायदा लिन सकियोस । विश्वस्वास्थ्य सङगठनले हरेक गरिव राष्ट्रमा सहयोग गर्ने सर्तमा आफ्नो अनुकूल आतङकित बनाउन सफल भएको छ ।
यो सस्थाले उसको अनुमति र अनुगमन बिना कोरोना भाइरसको भ्याक्सिन बनाउन समेत पाइदैन भन्ने आशय व्यक्त गरिरहेको छ । यसको अर्थ के प्रष्ट हुन्छ भने यो सँस्था अमुक धनाड्यहरुको चङगुलमा फसेर विश्वमा आतङकित मच्चाई अमुक फाइदा लिन खोजिरहेको छ । वास्तवमा कोरोना नयाँ भाइरस भएकोले यसले विश्वमा केही नयाँ तरङग ल्याएको मात्र हो । यो भाइरस क्षयरोग,क्यान्सर,हैजाजस्तो शक्तिशाली रोग नै होइन । एक प्रतिशत पनि मृत्युदर नभएको सामान्य भाइरसलाइ भयङकर महामारी बनाएर दुनियाभरका शासकहरुले आफ्नो शासन र राशन भजाइरहेका छन् । नेपालमा त झन आफ्नो शासन लम्ब्याउने र सरकारले गर्न नसकेको काम र अपजस यही कोभिड भाइरसलाइ जिम्मा लाउने ठूलो अवसर प्राप्त भएको देखिन्छ ।
स्थानीय, प्रदेश र संघ तीन तहका सरकार र सम्बद्ध कर्मचारीहरुलाइ यो भाइरस दुहुना गाई भएको छ । महामारी निर्मूल गर्ने बाहनामा मनलाग्दो खर्च गर्ने अवसर पाएका छन् । देश आर्थिक रूपमा टाट पल्टिसकेको छ । खरवौँ लगानी भएका क्षेत्रहरु ध्वस्त भइसकेका छन् । बेरोजगारीको अवस्था कल्पनाभन्दा डरलाग्दो भइरहेको छ । सानादेखि ठूलासम्म व्यापार व्यवसाय चौपट हुन लागेको छ । कृषिक्षेत्र झनझन धरासायी बन्दै गइरहेको छ । देशभरका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प छ । शैक्षिकसत्र गोलमाल भइसकेको छ । देशभरका खास गरेर निजी अस्पताल र स्वास्थ्यकर्मीको हालत दयनीय बन्दै गइरहेको छ ।
दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक र अस्थायी रोजगारीहरुको हालत अत्यन्तै दयनीय बन्दै गएको छ । यातायात, उधोग र कलकारखाना उठ्नै नसक्ने अवस्थामा पुगिसकेको छ । पर्यटन र यो सङ्ग सम्बद्ध सम्पूर्ण क्षेत्रको अवस्था कहाली लाग्दो छ । यी सबैकोबारेमा नेपाली शासकहरुले सोचेका छन् ? एक हजारजनाको अज्ञात मृत्युका डरले सरकारले लाखौलाइ मारिरहेका छन् । नेपालमा कोरोनाको कारणले भन्दा आत्माहत्याको कारणले बढी मृत्यु भइरहेको छ ।
लाखौ जनता भोकमरीको अवस्थामा पुगिसकेका छन् , लाखौ जनता मानसिक रोगी बनिसकेका छन् , लाखौ जनता ऋणमा चुर्लुम्म डुबेका छन्, लाखौ जनता दिशाहीन बनिरहेका छन् , लाखौ जनता पेसा परिवर्तन गर्न बाध्य बनिरहेका छन् , लाखौ जनता घरबारविहिन बनिरहेका छन् यस्तो बेलामा जनतालाई थुनेर शासन गर्नु कतिको जायज छ ? यो विषयमा नेपाल सरकारले सोचेको छ ? सामान्य भाइरसलाई हाउगुजी बनाएर देशलाइ डुबाउने प्रयत्न नगरौँ ।
स्वतन्त्र जनतालाई स्वतन्त्र रूपमा, निर्वाध रूपमा र सावधानीपूर्वक रहेर आफ्ना गतिविधि गर्न दिउँ यसैमा सबैको भलो छ । बेलैमा सबैको बुद्धि आवस हार्दिक शुभकामना ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]