देवान चाम्लिङ /देश पोष्ट
३१ भाद्र २०७७खोटाङ,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १३ नुनथला हाँबुमा जन्मिएका गीतकार अम्बर चाम्लिङ द्वारा रचित “सोचेको थिएँ जिबनमा मैले” बोलको पहिलो गीत AC Online TV साथै Nepali Sangeet Ghar युटुब मार्फत सार्बजानिक भएको छ ।
बिशेष गरेर भाबनात्मक आधुनिक गीत लेख्न र सुन्न रुचाउने गीतकार चाम्लिङको यो पहिलो रेकर्डिङ गीत हो । यस गीत गीतकार चाम्लिङको आफ्नै वास्तविक जीवनको भोगाई अनि उतर चढाबलाई समाबेस गरिएको गीत हो ।
यस गीतको संगीत खोटाङ्गे संगीतकार शिबसंगम राईको रहेको छ, भने खोटाङ्गको माटोले सिर्जित महागायक राजेश पायल राईको स्वर र सुन्दर लामाको संगीत संयोजन रहेको यस गीत त्रीताल रेकर्डिङ स्टुडियो अनामनगर काठमाडौ रेकर्डिङ भएको छ, भने सो गीतको छायाङ्कन महेश महरा द्वारा सोही स्टुडियो मै गरिएको जानकारी प्राप्त भएको छ ।
भिडियो लिङ्क:
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]