२ असोज २०७७–काठमाडौं । गीत संगीत र साहित्य सिर्जनाको मुहानको रुपमा चिनिने पुर्बको पशुपतीनाथको जिल्ला हो खोटाङ ।
जिल्लाको साबिकको बडहरे हाल हलेसी तुवाचुङ नगरपालिकामा जन्मिएर नेपाली राजनीतीमा लामो समय देखी अनबरत रुपमा लागेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवासंघ नेपालको सह संयोजक चर्चित युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक भएको जानकारी प्राप्त भएको छ ।
राई इज किङ राजेश पायल राईको स्वर र शान्तिराम राईको संगीतमा रहेको ‘मुर्झिएका सपना’सार्बजनिक भएको हो । अमोश तामाङ्गले लयबद्ध गरेको गीतलाई एक्सन रेकडिङ्गले रेकर्ड गराएको हो । उक्त गीतलाई किरण क्रियशनले यूट्युबमार्फत सार्वजनिक गरेको जनाएको छ ।
राजनीती गर्नेहरु बहुप्रतिभाका धनी हुन्छन् भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत उक्त गीतमा सर्जक पौडेलले नै अभिनय समेत गरेकाछन् । गीतमा रमेश पौडेलसहित दर्जन बढि कलाकारको उपस्थिति रहेको जनाईएको छ ।
गीतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राष्ट्रवादी कामहरुको चर्चा समेत गरिएको छ । ओली नेतृत्वको सरकारले गुमेको भुमी नंक्शा संशोधन गरि सार्बजनीक गरेको लगायतका महत्वपूर्णं निर्णय गरेर आम नेपालीलाई राष्ट्रवादी बन्न प्रेरणा दिएको कुरालाई चर्चा गरिएको सर्जक पौडेलको भनाई रहेको छ ।
‘मुर्झिएका सपना’को भिडियो हेर्न यहाँ क्लीक गर्नुस ।
https://youtu.be/Nwx5Kyzj8BY?t=83
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]