• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / राजनीति

संविधान नक्कली प्रामाण पत्र प्राप्त डाक्टर झै त हैन?

९ आश्विन २०७७, शुक्रबार ०८:५० मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ७ मिनेट
देश पोस्ट
  • ५०६ पटक पढिएको
  • विप्लवी तेन्जु योन्जन
    हालः रेगिस्तान

    मुलुक विषम परिस्थितिको जरजरमा गुज्रिएको बेला जुन दिन नेपाल संविधान बिहिन थियो । तीन कारोड जनता संविधान सम्सोधनको पर्खाईमा थिए
    झन्डै दुई दशकअघि संविधानसभाबाट जनताको स्वामित्व भएको संविधान लेखन संसदीय वृत्तका लागि अछुत मुद्दा थियो । जुन समय जनयुद्धमा धसिएका युद्धरत माओवादी शक्तिसँगै केही वाम–लोकतान्त्रिक व्यक्तिको केही आन्तरिक हेलमेलका साथ लहडि माग थियो यो, उनीहरूका नजरमा । संविधानसभाबाट संविधान लेखनको पक्षमा लेखन, सम्पादन र प्रकाशन गर्दा व्यंग्यमिश्रित प्रश्न उठ्ने गरेको पाईन्थ्यो , बिपक्षमा उभिएर अर्को सत्तारुढ माथी ब्याङ्य प्रहार गर्दै गैर जिम्मेवार प्रश्नहरु उठाईन्थ्यो जस्तै ः( ‘संविधानसभाले कस्तो धान उमार्छ ? हामीलाई त ताइचिन, मनसुली, पोखरेली र मार्सी धान मात्रै थाहा छ, यो संविधान भनेको कस्तो धान हो ?’

    संविधानसभाको लहर चल्दा डिलमा बस्ने राजनीतिक पुरोहितहरूका अन्टसन्ट प्रश्नको उत्तर दिन नै वर्षौंको श्रम, सीप र ज्ञान बेफ्वाँकमा खर्च भएको थियो । संविधानसभा र गणतन्त्रको आन्दोलन थालिँदा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी उपहास गरिएकै थियो, सडकका पेटी र महलका कौसीमा बस्ने राजनीतिक नेताहरूबाट । अन्ततः आम जनताको आँसु, पसिना र रगत मिसिएको राजनीतिक उपलब्धिको ठूलो भाग मुखैमा बसीबसीकनै खोस्न सफल नेताहरू नै आज सत्ता–शक्तिका एकाधिकारी भएका छन् ।

    राजनीति सत्ता–शक्तिका लागि खेलिने सम्भावनाको खेल हो ।आज नभए भोलि सिंहासनमा आरूढ हुने सम्भावना बचाइराख्न सम्झौता र षड्यन्त्रका तानाबाना पनि हुने गरेको तथ्य बुनिन्छन् । यसैको प्रतिफलस्वरूप सत्ता–शक्तिको राजनीति खेलभन्दा बढि गम्भीर बन्द–व्यापार बन्न पुग्छ । भविष्यमा सत्ता–शक्तिप्राप्तिका लागि यस्ता खेललाई अन्तिम क्षणसम्म खेल्नु राजनीतिक नेताहरूको बाध्यता पनि हो, आवश्यकता पनि । यस्तै खेल र व्यापारमा खप्पिस सत्ताकांक्षी खेलाडीले आज सत्तासीन भएपछि जनआन्दोलनको मर्मअनुसार अगाडि बढाउनुपर्ने राजनीतिक रथलाई पछाडि धकेल्दै सर्वसत्तावादी पहरातिर पु¥याउँदै छन् ।

    आजसम्म कार्ल मार्क्स बाँचेका भए लोकतान्त्रिक गणतन्त्रलाई सर्वसत्तावादतिर धकेल्ने कुरूप दृश्य देखेर ‘द एट्टिन्थ ब्रुमेर अफ लुई बोनापार्ट’ को नयाँ संस्करण निकाल्न सक्थे । नेपालमै ‘नयाँ मार्क्स’ जन्मिएका भए पनि उनले ‘द एट्टिन्थ ब्रुमेर अफ खडग प्रसाद शर्मा ओली’ लेख्न सक्थे ! किनभने, मार्क्सेली आँखाबाट हेर्दा समाजवाद र सर्वसत्तावादबीच कहीँकतै ¥याङठ्याङ मिलेको देखिँदैन । इटालीको फासीवादी आन्दोलनका नाइके बेनितो मुसोलिनीको समाजवाद वा जर्मनीको नाजीवादी अभियानका नेता अडोल्फ हिटलरको राष्ट्रिय समाजवादकै नेपाली संस्करण भए कुनै शंका गर्ने ठाउँ रहँदैन थियो । किनभने सर्वसत्तावाद र सर्वसत्तावादी शासक आफैंमा सर्वग्रासी वा सर्वाहारी हुन्छन्, जसले लोकतन्त्र र समाजवादका संरचना, मूल्य–मान्यता र संस्कृतिको मज्जाले भक्षण गर्छन् ।

    सर्वसत्तावादी शासकहरूका लागि लोकतान्त्रिक गणतन्त्र र समाजवाद पनि उपभोग्य वस्तु हुन्, संसदीय प्रजातन्त्र जस्तै । अतः हिजो संसदीय प्रजातन्त्रलाई भरपूर भोगिरहेका बेला उनीहरू संविधानसभा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र तिनका पक्षधर आन्दोलनकारीलाई गाली गर्थे । आज उनीहरू नै संविधानसभालाई क्रीडास्थल बनाउँछन्स एकल नस्लवादी संविधान लेख्छन् । संविधानमा लेखिएका गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतालाई पंगु र बुर्जुवा तुल्याउँछन् । सरकारी बेथितिमाथि प्रश्न गर्नेहरूलाई बालुवाटार दरबारबाट ‘एक कुनामा बसेर आलोचना गरेको’ आरोप लगाउँछन् र कोरोनाले गर्दा मात्रै अनेक राष्ट्रिय गौरवका महान् काम गर्न नसकेको भन्दै ससाना कामको आत्मप्रशंसामा मग्न हुन्छन् । अलिक समय पाइयो कि सञ्चारजगत्, कर्मचारीतन्त्र र राजनीतिक प्रतिस्पर्धीसँग गुनासो पोख्छन् ।

    संविधानको श्राद्ध

    सोह्र श्राद्ध लगत्तै हाम्रो जमानाका शासकहरूले संविधान दिवसको नाममा अर्को श्राद्ध गरेका छन् । जजसले संविधानसभा र गणतन्त्रका लागि सहादत प्राप्त गरे, राज्यबाट तर्पण, पिण्ड, पानीको व्यवस्था गरिएकाले उनीहरू खुसी नै भए होलान् ! जोजो संघर्षपछि पनि बाँचिरहेका छन्, उनीहरूले भने भूपी शैलीमा भन्दै होलान्, ‘मरेर सहिद हुनेहरू, जिएर त हेर, जिउन झन् गाह्रो छ ।’ हिजो युद्धमा होमिएर संगै सिस्नु खाएर झुपडिमा भुईमा सुतेको मान्छे आज जनताले चुनेर माथी पुराए। जब माथी पुग्यो कमाउ धन्दा कमिसनतन्त्र भ्रष्टाचार जस्ता कार्य गर्दै आफ्नो कुर्सीको लागि आफ्नो चरीत्र सम्म लिलाम गर्न पछि नपर्ने नेता भनाउदाको कारण आज जनआन्दोलनमा संयोगवश बाँचेकाहरूलाई जिउनै गाह्रो पारेको छ ।

    आफैंले चुनेर पठाएका प्रतिनिधिले महाराजा–महारानीको अवतार लिएकाले, सडकबाट उठेर सिंहदरबारको सिंहासनमा विराजमान हुनासाथ पन्चायती सासनका शाही चालचलन देखाउनाले, खुलामञ्च र रत्नपार्कका संघर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रको संविधान दिवसलाई सैनिक मञ्चमा राजकीय नाटक मञ्चनमा सीमित गर्नाले । खुला (सहिद) मञ्चदेखि (शाही) सैनिक मञ्चसम्मको शासकीय यात्रा र संविधानको जात्रामा नयाँ शासकहरूको हाउभाउ देख्दा आफूलाई लोकतान्त्रिक र वामपन्थी भन्न रुचाउनेहरूको शिर लाजले बाँसजस्तै निहुरिएको घाम जस्तै छर्लङ्ग छ ।

    मुलुकमा सर्बसाधरण श्रमजिवी तथा गरिब जनताले रोजिरोटी नपाउदा आम जनतालाई जीविका चलाउन र बाँच्नसम्म मुस्किल हुने गरी निषेधाज्ञा मात्रै गर्न जान्ने जनतामा मात्र लकडाउन बन्दा बन्दी लागू गर्ने सत्ता दल तथा सम्पुर्ण संसद भवन भित्र लागू नहुने । हरेक कुरामा कमिसन मात्र चाहाने स्वार्थी बिचारले संक्रमीत साना–ठूला शासकहरूमा लाज भन्ने शब्द रहेको भए कोरोनाकालमा संविधान दिवसमा दीपावली गर्ने–गराउने कुरा सोच्न पनि सकिँदैनथ्यो ।

    जसरी पनि दिवस मनाउने सोचेको भए सैनिक मञ्चमा फलामे बारभित्र सैनिक सुरक्षाबीच आम जनताको सहभागिताको त कुरै छाडौं, आफ्ना शासकहरूको चर्तिकलासमेत हेर्न प्रतिबन्धित स्थितिमा ‘उत्सव’ मनाउन लगाइँदैनथ्यो । बरु खुलामञ्चमा भोका जनतासँगै संविधान दिवस मनाइन्थ्यो, भोका जनताको भातखुवाइ दिवसका रूपमा । गणतान्त्रिक संविधानको क्रियान्वयन गरिन्थ्यो भोका गणहरूलाई खाना खुवाएर, उनीहरूसँगै खाना खाएर, भोकाहरूबाट सामाजिक दूरी नै कायम गर्नु छ भने हेलिकोप्टरबाट भए पनि खानाका प्याकेज खसालेर, उनीहरूजस्ता भोकालाई धान, चामल वा खानाको व्यवस्था गरेर, खाना व्यवस्था गर्ने सरकारी संरचना बनाउने सोच बनाएको भए सबैले स्वागत गर्ने थिए  । सर्बसाधरणको छोरा छोरी पढ्ने बिधालय तथा कृषकले उत्पादन गरिएको खाध्य पदार्थ बिक्री बितरण गर्ने हप्तामा लाग्ने हाट बजार बन्द गर्न सक्ने सरकारले संविधान दिवस कसरी भब्य समारोह विच सम्पन्न गरियो ?

    हाम्रा रास्ट्रपति,तथा प्रधानमन्त्री आम देशबासी आफ्नो जनतालाई अब रोग र भोकले कोही मर्नुपर्दैन भन्ने खोक्रो भाषण मात्रै खुवाउन खप्पिस छन् । बिडम्बना मेरो देशमा उखान टुक्काले चलेको देश भन्दा अउपयुत्त नहोला । अब घर–घरमा, कोठा–कोठामा खाना आइपुग्ने गुलिया आश्वासन मात्रै बाँड्न सिपालु छन् । ‘आफ्नो जीवन छान्ने कि वैयक्तिक स्वतन्त्रता छनोट गर्ने’ भन्दै खेलिने सर्वसत्तावादी खेल खेल्नमा पोख्त छन् । र, आफूलाई मार्सी धानको भात खुवाउने आफ्ना खास–खास मानिस सालावाद, बुहारी वाद , सम्धिवाद , कमिसन तन्त्र , लुटतन्त्र ,पैसा, पद, पदक, पदवी, मान–सम्मान, ठेक्कापट्टा, सार्वजनिक जमिन र स्रोत वितरण गर्न मात्रै अनुभवि सरकारले गरिव जनता मुखी बिकास मुखी कसरि बन्न सक्छ ।

    एकाध इमानदार व्यक्तित्वलाई सत्ताको शोभा बढाउन, शक्तिको बेथिति र शासकको बेइमानी छोप्न, अधिकांश सत्ताभक्त आयुक्त, पदपूजक प्रशासक र विरुदावली लेखकलाई पुरस्कार अर्पण गर्नमा दक्ष छन्, महामारीमा पनि राज्यकोषबाट दसौं करोड खर्चेर । यति धेरै पदक, पुरस्कार, मान–पदवीका हकदार महापुरुषहरूले चलाएको राज्य केही हजार भोकालाई खान जुटाउन पनि असमर्थ हुने गरी मगन्ते कसरी भयो, मान–सम्मान लिने र दिनेहरूले एक सेकेन्ड मात्रै सोचे पनि ठूलै राहत हुन्थ्यो । त्यस्तै, शाह र राणा शासकहरूकै शैलीमा चाकडीबाजहरूको नाममा राज्यकोष रित्त्याउनुको साटो त्यही रकमबाट रोजगारी सिर्जना गरिएको भए, आफ्नै बाध्यता र गरिबिको पर्खाल भत्काउन बिदेशिएका ७० लाख युवाहरुले जस्तै आउदो पिडिले बिदेशमा सहुलियत मुल्यमा आफ्नो श्रम बेच्नु पर्ने थिएन ।यो माहामारिको समयमा देशका विभिन्न स्थानहरुमा राहत केन्द्र तथा गुणस्तर युक्त क्वारेन्टिन सेन्टरको निर्माण गरिएको भए रोग र भोकबाट मर्नेको संख्या पनि पक्कै कम हुन्थ्यो ।

    भोका पेटको सराप

    मेरो देशका सासक बर्ग हिजो सम्म माक्स , लेलिन, माओको भक्तहरु माक्स, लेलिन, माओको खोल ओढेर पुजिवादको कार्यशैलीमा राज्य सत्ता संचालन गरिहएकोछ ।

    यहि हो विडम्बना, सत्तासीनहरूको बुद्धि र बलचाहिँ राहतका लागि स्वयंसेवी ढंगले खोलिएका ‘फुड बैंक’ बन्द गराउन, भोकाहरूलाई खाना खुवाउनेमध्ये एक ‘हन्ड्रेड ग्रुप’ का अध्यक्ष बब्लु गुप्ता र मनीष मानवजस्ता सामाजिक अभियन्तालाई कुटपिट गरी तह लगाउन र ‘पुलिस स्टेट’ मार्फत आम मानिसको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नमा खर्च भइरहेको छ । बाँकी रहेको क्षमता पनि महाराजा– महारानीहरूको राजकीय सवारीका लागि सडक खाली गर्नमा, उनीहरूको संविधान उत्सवमा ‘असर’ नहोस् भन्नाका खातिर भोकाहरू र उनीहरूलाई खाना खुवाउने स्वयंसेवीहरूलाई लखेट्नमा सदुपयोग भइरहेको छ ।

    सर्वसत्तावादी राज्यमा दैनिक सयौं बेरोजगार र भोका आम जनताले सडकमा मागेर खानुपर्दा पनि राजकीय सवारी चलाउने र संविधान उत्सव मनाउने शासकहरूलाई पटक्कै लाज लाग्दैन । कोरोनाको व्यापक संक्रमणसँगै दिनहुँ भयावह अज्ञात मृत्यु, गाउँ–सहरसम्म भोकमरीको फैलावट र भोकको डरले गरिबहरूको आत्महत्याको संख्यामा वृद्धि हुँदासमेत अलिकति सरम लाग्दैन । सबै लाज–सरम पचाएर संविधान उत्सव मनाउने, दीपावली गर्ने र हेलिकोप्टरबाट संविधान दिवसको ब्यानर प्रदर्शन गर्ने र हर्षोल्लासका साथ पुष्पवृष्टि गर्ने क्रममा उनीहरूलाई भोक र रोगले पिल्सिएका जनताको आँसु र पेटले सरापेको आभासै हुदैन ।

    खासमा सैनिक मञ्चमा प्रदर्शित भव्य सैनिक परेडमा भुल्दा, महामहिमहरूको सवारी, उत्सव र मनोरञ्जनमा विघ्नबाधा हुने सनत्रासले खुलामञ्चमा समेत भोका आम जनतालाई छिर्न रोक्दा, स्वयंसेवीहरूलाई खान बाँड्नमा रोक लगाउँदा, पारिजातद्वारा दीक्षित स्वयंसेवी इन्दिरा रानामगरको समूहलाई त्रिचन्द्र कलेज धपाउँदा दुईतिहाइका शासकहरूको बचेखुचेको विवेक पनि चट्ट कटेको चंगाजस्तै उडेको छ, पुष्पवृष्टिका लागि उडाइएको हेलिकोप्टरको हावा र धूलोको झोकाले भोकाहरूका खाली प्लेटसँगै ।

    दुइटा नेपालको अश्लील तस्बिर

    संविधान दिवसकै दिन सरकारी हेलिकोप्टरको हावाले उडाउन र धूलोले पनि धूमिल पार्न नसकेको जीवन्त तस्बिर ‘तिनिख्यः’ (टुँडिखेल) मा देखिएको छ ः दुइटा नेपालको दृश्य अंकित तस्बिर । एउटा समृद्धिशाली र सुखी नेपाल, जहाँका शासकहरू व्यापारीसँगै चरेसको थालमा मार्सी भात खाएर विधान र धानको भाषण डकार्न सैनिक मञ्च आइपुग्छन् अनेक उत्सव, पर्व र जात्रामा । अर्कोचाहिँ शासकहरूले देखाएको समृद्धि र सुखको सपना देख्दै, रोग–भोक–शोकले थलिएको नेपाल, जहाँका शासितहरू भदौको घाममा घण्टौं हिँडेर मनकारीहरूले बाँडेको एक छाक खाना खान्छन्, अरू बेला कोरानादेवको व्रत बस्छन् । यसरी वारि खुलामञ्च र पारि सैनिक मञ्चमा देखिएका दुई वटा नेपालको अश्लील दृश्यले प्रस्ट देखाइरहेको छ ः संविधानसभालाई अपहरण गर्दै, सोह्रबुँदे षड्यन्त्र गर्दै रातारात कोरिएको नयाँ संविधानले मार्सी भात खाने नयाँ राजनीतिक कुलीन वर्गको हातमा राज्यको सक्कली लालपुर्जा थमाएको रहेछस राज्यका खास मालिक हुनुपर्ने आम जनतालाई नक्कली लालपुर्जा भिडाएर समृद्धि र सुखको समाजवादी सपनामा भुलाएको रहेछ ।

    सक्कली प्रमाण पत्र प्राप्त डाक्टर प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आठ अक्षा पास नक्कलि पिएच डि हासिल प्रामाण पत्र जस्तै भिडाइएका जनगणप्रति अलिकति कृपाको भाव पोखेका छन्, ‘संविधान कार्यान्वयनका क्रममा आवश्यकता र औचित्य देखिएका विषयमा खुला दिमागले बिनाबहकाउ संशोधनका लागि सरकार तयार छ ।’ नयाँ संविधानको नाममा सत्ताको साझेदारी र एकलौटीकरणका लागि कांग्रेस एवं माओवादीका सुप्रिमहरूसँग उभिएर संविधान संशोधनको वाचा हालेका ओलीले नै अचेल ‘कसैको बहकाउमा लागेर संविधान संशोधनको कार्यसूची ल्याउन नहुने उपदेश दिँदै संविधान संशोधन चाहनेहरूलाई अराष्ट्रिय तत्त्व, विखण्डनकारी समूह वा परिचालित शक्तिको आरोप लगाउने संकेत गरिसकेका छन् ।

    अब संविधानको संशोधन, पुनरावलोकन र पुनर्लेखनका पक्षपातीहरूले पनि सोच्नैपर्ने मुख्य विषय हो ः रोग–भोक–शोकले थलिएको नेपालको उपचार कसरी गर्ने ? व्यापारीका चरेसको थालमा मार्सी चामल फलाउने नयाँ राजनीतिक कुलीन वर्गको उत्थानलाई कसरी रोकथाम गर्ने ? सदियौ वर्षदेखि मान्छे भएर, नागरिक भएर, राष्ट्र–देश भएर बाँच्न नपाएका वर्ग, वर्ण, लिंग र जातिका जनगणले राज्यमा हक पाउने र व्यवहारमा लागू गर्न पाउने गरी राज्य पुनःसंरचना गर्ने र सक्कली प्रमाण पत्र तथा सक्कली डाक्टर बनाउने कसरी ?

     

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑