१० असोज २०७७ खोटाङ । दिक्तेल,रुपाकोट मझुवागढी नगरपालीका वडा नं.१३ नुनथला खर्क टोलमा आमा देशमाया राई र आपा मधुबर राईको कान्छो सुपूत्रको रुपमा जन्मेका गीतकार लवजित “आस्मिल” राई घर परिवारको सांगीतिक र साहित्यिक वातावरणले गर्दा नै सानै देखि गीत संगीत तिर हौसिए र सिर्जना गर्न थालेका हुन ।
गीतकार लवजित “आस्मिल” राई स्वयं राम्रो संगीत गर्ने र गाउने क्षमाता राखे पनि बढी चाहिँ गीत लेखनमा नै आफू रमाएको बताउछन् । वि.सं.२०७२ सालमा खोटाङ नुनथला जालपा मा.वि.ले बालदिवसको अवसरमा आयोजना गरेको जिल्ला व्यापी खुल्ला वालगीत प्रतियोगितामा शब्द रचना तर्फ उत्कृष्ट पुरस्कार हात पारेपछि गीत रचना तर्फ झन् उत्साहित भएको कुरा उनी बताउछन् ।
गीतकार आस्मिलले हाल सम्म लगभग दुई दर्जन गीत लेखिसकेका छन् भने दुई गीत अगाडि नै रेकर्ड भइसकेको छ । र तेस्रो गीत “हेरिरह्यौ तिमीले” बोलको गीत नेपाली संगीत घर अफिसियल युट्यूव च्यानलबाट सार्बजनिक भएकोछ । यस गीतमा शिवसंगम राईको संगीत,महागायक राजेश पायल राईको स्वर र सुन्दर लामाको एरेन्जमेन्ट रहेको छ,भने गायक स्वयंले गीतमा लिपसिंक गरेका छन् ।
यस गीत त्रिताल रेकर्डिङ स्टुडियो अनामनगर काठमाडौ रेकर्डिङ भएको छ, भने सो गीतको छायाङ्कन महेश महरा द्वारा सोही स्टुडियो मै गरिएको छ ।
https://youtu.be/gKPFCRGuoKk?t=7
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]