१२ असोज २०७७–काठमाण्डौ । कार्यालयले सेवाग्राहीमा प्रबाह गर्ने सेवाको बारेमा कर्मचारीको अपडेटको बारेमा बुझ्न जाँदा कार्यालयका अधिकृत र बिचौलियाहरुले पत्रकारहरुमाथी दादागीरी प्रस्तुत गरेकाछन् ।
जनताको करबाट जम्मा भएको रकमले तलब भत्ताको ब्यबस्था गरेपछी जनता प्रती कर्मचारी उत्तरदायी हुनुपर्ने हो । तर कार्यालयको सेवा प्रबाह कतीको चुस्त छ भनेर देश पोष्ट खबरका पत्रकारहरु कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर पुग्दा कार्यालयका कानुन अधिकृत सबिता भट्टराई र कार्यालयका बिचौलियाहरुले दादागीरी प्रस्तुत गरेकाछन् ।
सामान्यतया सरकारी कार्यालयको समय १० बजे नै हो तर कार्यालयको दैनिक गतिबिधीको बारेमा छलफल गरेर १०ः१५ मा सबै कर्मचारी फाँटमा भेटिनु पर्ने हो,सेवाग्राही संग मुस्कान सहितको सेवा प्रबाह गर्नु कर्मचारीको धर्म हो ।
तर आइतबार १०ः५५ मा कार्यालयमा प्रबेश गरेकी भट्टराईले पत्रकारहरु देखेपश्चात एउटा फाएल बोकेर कार्यालयको तल माथी ओहोर दोहोर गरेपछी १०ः२६ मा कार्यालय प्रबेश गरेका कार्यालय प्रमुख रजिष्ट्रार प्रदिपराज अधिकारी संग कुराकानी गर्न खोज्दा आनाकानी गर्दै मन्त्रालयको काम छ आज बोल्न नभ्याउने अर्को कर्मचारीलाई खबर पठाए लगत्तै बाहीरिएका प्रमुखले समेत व्यवास्ता गरेकाछन् ।
पुनःउनै कर्मचारी भट्टराईको फाँटमा पुगेर कार्यालय समय १०ः५५ नै हो भनेर सोध्दा आँफु अर्कै गेटबाट पसेको, कोरोनाको कारणले, आँफु छोरीमान्छे छोराछोरी हुन्छन् ढिलो भइहाल्छ भन्ने बाहानाबाजीवाला जवाफ दिएको र केही बिचौलियाहरुको सर्पोट पाएपछी पुनः आँफु कानुन अधिकृत हो के गर्न सक्छस् गर भन्दै टेवल ठोक्दै बिभिन्न अपशब्दहरुको समेत प्रयोग गरी अन्य बिचौलियाहरुको समेत उक्साहटमा दादागिरी प्रस्तुत भएको छ ।
वास्तबिक नयाँ सेवाग्राही संगको कुराकानीमा कानुन ब्यबसायी र निजहरुको आसेपासे अनी दैनिक ठगीधन्दा चलाउनेहरु संगको मिलेमतोमा कर्मचारीहरुले नयाँ र आफैले काम गर्न खोज्नेहरुको फायल ४ दिन सम्म पछाडी राखिदिने, हरेक पटक पुरानो फायल खोज्न पैसा लिने र बिचौलियाहरुको काम तत्कालै गरिदिने कारणले नयाँ मान्छेले आफैले कुनै काम गर्न नसक्ने बताउनुका साथै एकमुष्ट पैसा लिएर बिचौलियाहरुले काम गर्ने गरेको कारण आफुहरुले पटक पटक दुःख पाउनु परेको गुनासो ब्यक्त गरेका छन् ।
ठुलो मासमा रहेका बिचौलियाहरुले हामी नै सोवाग्राही हौ १०ः५५ मा आएपनि मेडमले राम्रो सेवा दिनु भएको छ भन्दै पत्रकारहरुमाथी कर्मचारीको बचाउमा खनिने बिचौलियाहरुको कहिले अन्त हुन्छ त्यो त हेर्न बाँकीनै छ ।
कार्यालयमा न त हेल्प डेस्क नै छ न कुनै कर्मचारीले सहयोग त के नमस्कार नै फिर्काउछ, के यही नै हो त मुस्कान सहितको चुस्त सेवा ? नियमन गर्ने निकाय कुन हो र उ के गरेर बस्छ ?
चौतर्फि अर्थतन्त्र वृद्धि र विकासको जन्मथलो र कर्मथलोको रुपमा रहेको देश कै एक मात्र अड्डाको हविगत नै यस्तोछ भने अवको आर्थिक क्रान्ति र समृद्ध नेपाल सुखी नेपालीको सपना कसरी पुराहोला ? यो जनता को प्रश्न हो उत्तर कस्ले दिन्छ ?
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]