१३ असोज २०७७–खोटाङ/देश पोष्ट
जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यालय सञ्चालनको लागि जोर बिजोर प्रणालीको अबबलम्बन गर्ने जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गरिएको जानकारी दिएको छ ।
गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरको आधारमा जोर बिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण शुरु गरिएको गाउपालिका अध्यक्ष भुपेन्द्र राई ले जानकारी दिएकाछन् ।
यसअघि कोरोना कहरकै बीचमा पनि उक्त गाउँपालिकाले पठनपाठनलाई नियमित गराउने प्रयास गरेको थियो । असार मसान्त बित्दा समेत कोरोनाको असर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएपछि गाउँपालिकाले गत साउन ७ गतेदेखि भदौ ३ गतेसम्म गाउँटोलमै शिक्षक पठाएर पठनपाठनको गराएको थियो ।
दिनानु दिन कोरोना भाइरसको सङ्क्रमण बढिरहेको तथा स्वास्थ्य सङ्कट निम्तिने खतरालाई मध्यनजर गर्दै सिकाइ सहजीकरणलाई रोकेको गाउँपालिकाले पुनः पठनपाठनलाई नियमितरूपमा अघि बढाएको छ । विद्यालयले आफ्नो अनुकूलमा बिहान, दिउँसो वा बेलुका तालिका बनाएर पठनपाठनमा सहजीकरण गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।
विद्यालयमा हुने भीडलाई नियन्त्रण गर्न जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई सिकाइ केन्द्रमा आउने व्यवस्था मिलाइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीको भनाई रहेको छ ।
गिरीका अनुसार भीडभाडलाई कम गर्न विद्यार्थीलाई कक्षामा भौतिक दूरी कायम गरेर राख्ने व्यवस्था मिलाइएको छ, विद्यालयमा आएका विद्यार्थीलाई एक बेञ्चमा एक जना वा बढीमा दुई जनालाई मात्र राख्ने व्यवस्था गरेर पठनपाठन शुरु गरिएको छ ।
७ वडा रहेको उक्त गाउँपालिकाको ४८ विद्यालयमा पाँच हजार ५१२ जना विद्यार्थी हाल अध्ययनरत छन् । गाउँपालिकाको असोज ९ गते बसेको कार्यपालिकाको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार नियमित पठनपाठनलाई निरन्तरता गराउने निणर्य गरेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]