देश पोष्ट/१४ असोज २०७७–खोटाङ । जिल्लाको सदरमुकाममै रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उज्यालो नगर र बजारक्षेत्रमा हुने अपराधहरुलाई न्युनिकरण गर्न जडान गरिएको सीसी क्यामेराले एकैसाथ काम गर्न छोड्दा स्थानियले चासो ब्यक्त गरेकाछन् ।
नगरपालिकाको आ.ब.२०७५/०७६ मा विनियोजित एक करोड १४ लाख ७८ हजारको लागतमा विराट इनर्जी प्रालिले नगरपालिकाको १५ वटा वडामा आर्थिक बर्ष २०७५/७६ सालकोे असार मसान्तभित्र ५० ठाँउमा जडान सम्पन्न गरेको सौर्यबत्ती बर्ष दिन नपुग्दै अधिकाँश ठाँउमा बल्न छाडेपछी चासो बढेको स्थानियहरुले बताएकाछन् ।
उक्त बिषयमा दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाले जडान गरेको सडक सौर्यबत्तीमा देखिएको समस्या प्राविधिक कुरा भएकाले ठेकेदार कम्पनिलाई छिटोभन्दा छिटो मर्मत गर्न लगाउनुका साथै सौर्यबत्तीमा पाँचवर्षे ग्यारेण्टी भएकाले बीचमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर ठेकेदार कम्पनीले पाउने धरौटी रकम फिर्ता नदिई नगरपालिकामै राखिएको नगर प्रमुख दिपनारायण रिजालको भनाई रहेको छ ।
ठेकेदार कम्पनीका अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण अवरुद्ध सौर्यबत्ती मर्मत गर्न ढिलाइ भएको साथै आफूहरुले जडान गरेको सडक सौर्यबत्तीमा देखिएको समस्या प्राविधिक कुरा भएकाले दशैँ अगाडि सम्ममा मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाएको छ ।
नगरपालिकाबाट विनियोजित १० लाखको लगानीमा जडान गरिएको सीसी क्यामेरा बजार क्षेत्रका १६ स्थानमा जडान गरिएको थियो । उक्त सीसी क्यामेरा भने दिक्तेल बजारको विभिन्न ठाउँमा सडक ढलानको काम भइरहेकाले अवरुद्ध भएकाले तत्कालै सीसी क्यामेराको ब्यबस्थापन गरीने नगरप्रमुख रिजालको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]