प्रदिप राई “अभि”/ देश पोष्ट
देश विषम परिस्थितिमा गुज्रिएको स्थितिमा समाज सेविहरु आफ्नै तवरले गरिब दुखी असहायहरुलाई शुद्द मनले निर्धक्क सहयोग गरिरहेको छन् । तेस्तै समाजसेवि जसमध्ये नाम लिन सकिने रोजी थुलुङ (साङ्पाङ ) राई हुन् ।
हाल युके बसोबास गर्दै आउनु भएको रोजी राई थुलुङ (साङ्पाङ) क्याम्बरल्ली नेपाली गोर्खाज समाज र क्यामवर्ली नेपाली महासचिब किरात राई तोयामा खियामा युकेको अध्यक्ष युके बसाहा समाज उपाअध्यक्ष अन्ने थुप्रै संघ सस्थामा आबद्द रहेर निरन्तर सामाजिक सेवामा लागिरहेकी छिन् । एकता नै बल हो सेवा नै धर्म हो भन्ने भनाइलाई सार्थक बनाई रहेकी रोजी राई थुलुङ (साङ्पाङ) राई साहित्यक क्षेत्रमा त्यतिकै अब्बल छिन् ।
जहाँ पुग्दैन रबि त्यहाँ पुग्छ कवि भनेजस्तै,साहित्य त्यो भवसागर हो जहाँ लाखौ मानिसहरु डुब्ने गर्छन । हामी भन्छौ “म तिमीलाई धेरै माया गर्छु ।” धैरै त धेरै कती धेरै त देखाउन नमिल्ने त्यही माया हामी साहित्यको सहारा लिएर अनुभव गर्छौ ।
बिज्ञानले गर्न नसकेका कतीपय दुःख,सुखहरु हामी सजिलै साहित्यको सहायताले महशुष गर्छौ । सारा कुरा यथार्थमा परिणत गर्ने बिज्ञानले त्यही माया जोख्न देखाउन सकिने साधन बनाउन नसक्दा साहित्य एउटा बरदान भएको छ ।
कोही बाध्यताले,कोही रहरले,कोही पेशेवर रुपमा साहित्य सागरमा चुर्लुम्म डुब्छन । रुँदा हाँस्दा हामीलाई यहि साहित्यले मिठो साथ दिईरहेको हुन्छ । कोही यही साहित्यलाई आफ्नो सुख दुःख साट्ने चौतारी सम्झन्छन । पछिल्लो समयमा साहित्यले झनै फराकिलो भएर आएको आभाष सजिलै लगाउन सकिन्छ ।
त्यसैले भन्नेले भनेको होलान साहित्य क्षेत्रमा लाग्नेहरु न त थाकेका छन् न थाक्ने नै छन् । यसैको भिडमा रहेर साहित्य अभिरुची राखी लामो समय देखी साहित्यमा कलम चलाई रहनु भएका उदयपुर जिल्ला चौडण्दीगढी नगरपालिका बसाहा बर्खे डाडामा बाजे भुतपुर्ब मन्त्री नारादमुनी थूलुङ पिता किर्तन थूलुङ माता चन्द्रकला थूलुङका कोख बाट जन्मनु भएका समाज सेवी साथै साहित्यकार रोजी राई थुलुङ (साङ्पाङ) राई सँगको जम्काभेटमा केही समाज सेवा साथै साहित्य भलाकुसारी,
रोजी जि, सर्बप्रथम त नमस्कार, तपाईको नजरमा मानिस र साहित्यबिच कस्तो सम्बन्ध रहेको जस्तो लाग्छ?
रोजी नमस्ते ! सेवा !
प्रस्नको लागि धन्यवाद र प्रस्नहरुकै सुरुवातमा म प्रस्ट हुन चाहे कि आफै साहित्यकार हु भन्नु भन्दा पनि म आफुलाई साहित्य प्रति आकर्सित चै छु ।
मेरो विचारमा साहित्य भनेको कुनै पनि विषयलाई लिएर त्यसलाई एक ठोस रुप दिनु नै हो, जसले त्यस सम्वन्धित विसयमाथि आधार लिएर ठोस व्याख्या वर्णन आदि पर्छन जस्तो लाग्छ । आयो मानव जीवनसंग यसको कस्तो सम्वन्ध रहन्छ ? मानव जाती यस्तो जाती हो उ सधै भोकाइरहन्छ उस्लाइ कहिले देशको ईतिहासको भोक लाग्छ भने कहिले मानव सभ्यताको भोक लाग्छ भने कहिले अमर प्रेमको भोक लाग्छ भने कहिले अन्याय अत्याचारको विरुध्दमा लड्ने भोक लाग्छ आदि यी सबै मानव जातीलाइ नै चाहिने कुरा भएकोले र माध्यम चाहि साहित्य नै हो । त्यसो हुदा नङ र मासु कै सम्वन्ध छ ।
धन्यवाद !
रोजी जि, समाज सेवा र साहित्य दुबै क्षेत्रमा तपाई निरन्तर लागि रहदा समाज बाट हेरिने दृष्टिकोण कस्तो पाउनु हुन्छ ?
रोजी
धेरै रमाइलो । समाजको रुप र साहित्य एक पर्यायवाची नै हुन एकअर्का वाट टाढा छैनन् यो मेरो सोच हो।
समाजमा घटिरहेका कुनै पनि घटना एक कथा भएर जन्मीरहेका हुन्छन, एक मर्मस्पर्सी चेतना मुलक कबिताको रुप धारण गरिरहेको हुन्छ । त्यसो हुनाले झन यसलाई देखादेख संगसंगै लगेको खण्डमा त्यो समाज धेरै छिटो स्वच्छ र असल समाजमा रुपान्तरण हुनेछ ।
रोजी जि, आफू पनि ब्यस्त हुनु हुन्छ । तर पनि सामाज सेवा तथा साहित्यमा आगाडी बढिरहनु भएकोछ समय कसरी मिलाउनु हुन्छ ?
रोजी
हुनत म त्यस्तो साह्रो खट्दिन तर जव जव म आफुलाइ महसुस हुन्छ कि यो काम गर्नै पर्छ र सो काममा मेरो आवस्यक छ भन्ने लाग्दछ तव मैले मेरो समय निकाल्छु ।
कति त हिडदा हिडदैको भोगाइहरु नै मेरा लागि कविता बनिदिन्छन्।
रोजी जि, साहित्य, समाज सेवा दुबै क्षेत्रमा लाग्न कस्ले प्रेरित गर्यो ?
रोजी
पहिलो कुरा त मेरो पारिवारिक वातावरण म हुर्केको समाज अनि मैले भोगेको जीवन यी तीन कुरा हरु नै हुन जस्ले मलाइ प्रेरित गर्यो भन्ने मलाइ लाग्दछ ।
रोजी जि, हालको कोभिड १९ले समाज सेवामा कस्तो प्रभाव पारेको छ?
रोजी
हजुर एकदमै पारेको छ ।
मानसिक , भौतिक , वर्तमान अनि भविस्यलाई नै तहसनहस वनाएको छ , जस्ले गर्दा समाजिक कार्य योजनाहरु नै स्थगित गर्नु पर्यो यो वर्षको र सायदै अर्को वर्षमा पनि गर्न सक्छौ होला । र यो सारा सन्सारलाई नै परेको कुरा हो अहिले खालि सम्यमताको साथ होसियारी अपनाउदै अति आवस्यक कार्यहरू मात्रै गर्नु पर्छ । यो महामारीमा धेरैले ज्यान गुमाउनु भएकोछ उहाहरु प्रति चीर शान्तीको कामना गर्दछु !
तर म यसवाट केहि पोजिटिभ काम पनि भएको छ भन्न चाहन्छु , किनकी आजका मानीसहरु भौतिक स्रोत र साधनको दास बनिरहदा जीवन के हो? भन्ने कुरा नै विर्सिएको अवस्थालाई यो कोरोनाको कहरले अलिकति भए पनि झस्काएकोछ ।
रोजी जि, साहित्य सृजनाले समाज बदल्छ । भन्ने भनाई छ तपाईलाई कस्तो लाग्छ ?
रोजी,
अवस्य नै वदल्छ साहित्य ज्ञानको भण्डार हो ज्ञान नै ज्ञानले पूर्ण समाज नै सफल्ताको चुचुरोमा पुग्दछ । किनकी उसलाई थाह छ कुन कर्मको फल चै मिठो हुन्छ र कस्तो कर्मको फल चै नमिठो हुन्छ । उ बेलैमा सजक रहन्छ र नराम्रो कामबाट टाढै रहन्छ ।
रोजी जि, अहिलेको स्थितिमा साहित्य क्षेत्रमा सहि लेखक सर्जक नभएर धेरै जसो कपि गरेर पोस्ट गछनर्् भन्ने भनाई छ तपाई कस्तो होस भन्न चाहानु हुन्छ?
रोजी,
मलाई त म जस्तो होस भन्न चाहन्छु हे हे !
मनका आखाले देखेको कुरा गर्ने र सामाजीक चेतनालाई उजागार हुने बिसयबस्तु वनाइनु पर्छ । हुनत यि यस्ता कुराहरु नभएका हैनन समाजमा। एउटा भनाइ छ “ काम गर्ने हनुमान पगेरु गुथ्ने ढेडु” यो समाजको एक पाटा नै हुन् यस्ता मानशिकता भएका हरु उहिले पनि थिए, अहिले पनि छन र भविस्यमा पनि रहने नै छन् । सत्य हो भनिनलाई त्यहा असत्य पनि त अवस्य नै हुनु पर्छ नि हैन र ? त्यो पुरा गर्ने काम उहाहरुको कि कसो ?
रोजी जि, अन्त्यमा जादा जाँदै नया आउने समाज सेवि साथै साहित्य नव सर्जहरुलाई कस्तो सन्देश दिनु हुन्छ? समाज बदल्नु कस्तो खालको सृजना चाहिन्छ?
रोजी,
समाजमा भएका घटेका बिसंगतिहरुको चीरफार गर्नुहोस र धेरै जसो सुन्दर समाजको चीत्र कोर्नहोस छवि नपुगेका र कवि दृष्टिले देखेका भविस्यवाणीहरु समाजमा यत्रतत्र कोरिदिनुहोस , प्रत्येक मानसपटल रङहरुले भरिदिनुहोस ! अनि एक साहित्यमा समाजलाइ पूर्ण रुपमा रुपान्तरण गरिदिनुहोस । तपाइले चाहेको संसार को रुपरेखा अक्षरको सहायताले समाजमा खडा गरिदिनुहोस ।
धन्यवाद !
अन्त्यमा प्रदिप राई तथा सम्पादकिय मण्डल प्रति मेरो छोटो भनाइहरु राखिदिनु भएकोमा मेरो अन्तर हृदयवाट मुरि मुरि धन्यवाद दिन चाहन्छु साथै तपाईहरुको अनलाई खवर पत्रीकाको सफल्ताको कामना पनि गर्दछु ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]