• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेपछि नेकपामा फेरि किचलो

१६ आश्विन २०७७, शुक्रबार १०:०९ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • २०१ पटक पढिएको
  • देश पोष्ट /१६ असोज २०७७–काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरी किचलो सुरु भएको छ । पार्टी निर्णय तथा सहमतिविपरित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेता असन्तुष्ट भएका छन् ।

    अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायत असन्तुष्ट नेता सचिवालय बैठक बस्नुपर्ने निष्कर्षमा पुगेका छन् । स्रोतका अनुसार अध्यक्ष दाहालले वरिष्ठ नेताद्वय खनाल र नेपालसहितका नेतासँग हिजो बिहीबार टेलिफोन संवाद गरेका छन् । प्रधानमन्त्री ओली फेरि पुरानै ठाउँमा पुगेको निष्कर्षसहित उनीहरूले अध्यक्ष दाहाललाई सचिवालय बैठकका लागि दबाब दिएका छन् ।

    केही दिनअघिमात्रै साम्य भएको नेकपाभित्रको विवाद राजनीतिक नियुक्तिसँगै पुनः सुरु हुने देखिन्छ । मन्त्रिपरिषद् पुनर्गठनको ‘मोडालिटी’मा सहमति जुटाउन अध्यक्षद्वय ओली र दाहालबीच संवाद जारी थियो । सरकारले बिहीबारमात्रै दुई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । अमेरिकाका लागि निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका लागि निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदुत नियुक्त गर्ने निर्णय सरकारले गरेको हो । हालै सम्पन्न स्थायी कमिटीको निर्णयअनुसार ओली र दाहालले जारी गरेको अन्तरपार्टी निदर्शेन–५ मा ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यता प्रभावकारी कार्यान्वयन गर्ने भन्ने उल्लखे छ ।

    त्यस्तै, बैठकले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । खतिवडा मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले आर्थिक सल्लाहकारमा नियुक्ति गरेका थिए । अध्यक्ष दाहालनिकट एक नेताका अनुसार प्रधानमन्त्री ओलीले नियुक्ति विषयमा छलफल नै नगरी एकलौटी गरेका हुन् । हालैको सचिवालय र स्थायी कमिटी बैठकका निर्णय एवं निष्कर्षविपरित प्रधानमन्त्री ओलीले नियुक्ति गरेको दाहाल समूहको आरोप रहेको छ ।

    ‘अध्यक्षद्वय ओली र दाहालबीच भएको गएको मंगलबारको छलफलमा समेत केही सहमति भएको छैन,’ दाहालनिकट नेताले राजधानीस“ग भने, ‘प्रधानमन्त्रीले कसैको नाम नलिई केही नियुक्ति तत्काल गर्नुपर्ने बताएपछि अध्यक्ष दाहालले सचिवालय बैठकमा छलफल गरेर गरौं भनेपछि संवाद सरकार पुनर्गठनतर्फ मोडियो ।’ यसअघि पनि पार्टीमा विवाद भएपछि नेकपा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले आफ्नो काम गर्दैगर्दा प्रधानमन्त्रीले केही नियुक्ति गरेका थिए । त्यतिबेलासमेत यो विषय उठेको बताउँदै ती नेताले ‘अब सचिवालय बैठकमा छलफल हुने’ बताए ।

    ‘सचिवालय सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ हालै सम्पन्न स्थायी कमिटी बैठकले गरेको निर्णयमा उल्लेख छ । सचिवालय बैठकले समेत मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक अंगमा रिक्त पदाधिकारी एवं राजनीतिक नियुक्ति, विश्वविद्यालयमा हुने नियुक्ति, पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।

    नेकपा वरिष्ठ नेता खनालले नियुक्तिबारे आफूले सञ्चारमाध्यमबाट जानकारी पाएको जिकिर गरे । सचिवालय बैठक नबसेको र व्यक्तिगत रूपमा समेत सल्लाह नभएको बताउँदै उनले यसबारे पार्टीमा छलफल हुने बताए । हालै सम्पन्न स्थायी कमिटीको निर्णयअनुसार ओली र दाहालले जारी गरेको अन्तरपार्टी निदर्शे न–५ मा ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यता प्रभावकारी कार्यान्वयन गर्ने भन्ने उल्लखे छ । तर, त्यसविपरित प्रधानमन्त्री आफैंले काम गर्न थालेको आरोप असन्तुष्ट नेताले लगाएका छन् । आजको राजधानी दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    5 finest matchmaking programs for Pros (2023) – 100per cent Free Sites

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑