देश पोष्ट/१७ असोज २०७७–खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ को लफ्याङ स्थीत मेवाखोला मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घट्ना स्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
मेवाखोला नजिकै रहेको कालीका हाइडो«पावर आसपासमा टयाक्टर दुर्घटना हँुदा दिप्रङ चुइचुम्मा गाउँपालिका वडा नं ७ का प्रकाश राइको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साामन्य पसलको खुद्रा सामग्री लगायतका जस्तापाता,ग्याँस वोकेको स १ त ६६८० नम्वरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयको भनाई रहेको छ ।
उक्त ट्याक्टरमा रहेको हरी मुग्राती भने सामान्य घाइते अबस्थामा रहेको जिल्ला प्रहरी कार्यालयवाट घटना स्थल पुगेका प्रहरी नीरीक्षक गोविन्द शाहले वताएकाछन् । दिक्तेलवाट टेम्मा जानेक्रममा अन्दाजी ९ वजे शुक्रवार राती घुम्तिमोडमा परेर ट्याक्टरको ट्रली पल्टिएर मेवाखोलाको हाइड्रोपावर नजिकै दुर्घटना भएको प्रहरीले उदृत गरेको छ । ६ जना सवार रहेको ट्याक्टरमा चालक र सह चालक भने सामान्य अवस्थामा रहेका छन् ।
वाटो खराब भएको साथै ओभर लोड भएका कारण पछाडीको ट्रली पल्टिएर दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । ट्रली पल्टिएको कारण अगाडी वसेका लाई भने केही नभएको साथै पछाडी वसेका एक जनालाई ट्रलीको वाँया भागले किचेर मृत्यु भएको जनाइएको छ
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]