देश पोष्ट/२३ असोज २०७७–काठमाडौ । मेडिकल श्वास्थ्य शिक्षा सुधारका माग राखेर २४ दिन देखी अनसनरत डा. गोबिन्द के.सी.संग बर्ताको लागि समिती बनाए संगै सरकार र अनसनसत डा. गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको जनाएको छ ।
सरकारको तर्फबाट शिक्षासचिव गोपी मैनाली र के.सी.को तर्फबाट डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच बिहीबार दिनभर छलफल भएको थियो । वार्ताका क्रममा डा. केसीले अघि सारेका ६बुँदे मागमा सहमति खोज्ने प्रयास भएको जनाएको छ ।
कुनकुन मागमा सहमति जुट्यो, कुनमा जुट्न बाँकी छ भन्ने दुबै वार्ता टोलीका सदस्यहरुले बताउन चाहेका छैनन् । सरकारी वार्ता टोलीका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने, सकरात्मक छलफल भएको छ । छलफलमा आएका कुराहरुलाई दुबै टोलीले आफू सम्बद्ध पक्षमा परामर्श गरेपछि सहमतिमा हस्ताक्षर गर्नेगरी खाका तयार गर्छौ ।
डा. क्षेत्री नेतृत्वको वार्ता टोलीले डा. केसीलाई भेटेर मन्त्रालयमा भएका छलफलबारे ब्रिफिङ गरिसकेको छ । डा. केसीको के प्रतिकृया रह्यो भन्ने बारे बाहिर ल्याइएको छैन । तर चाँडैनै सरकार र डा. केसीबीच सहमति हुने सम्भावना रहेको शिक्षामन्त्रालयसवद्ध स्रोतको दाबी रहेको छ ।
केसीले ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका थिए । ८ औं दिनमा काठमाडौं आएका उनले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिइरहेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]