• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 09, Dec, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

कहाँ छ काँसाहोप ताल ? हेर्न जाने हो ?

२५ आश्विन २०७७, आईतवार ०६:२७ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ५२१ पटक पढिएको
  • रामधन राई /खोटाङ
    देश पोष्ट/२५ असोज २०७७–खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयले निर्माण गरेको कांसाहोप ताल हाल आन्तरिक पर्यटन केन्द्रको रुपमा विकास भएको छ ।
    लकडाउनकैबीच खार्मीको माथिल्लो भेग लेकगाउँका २२ घर स्थानीयले भंगेटारमा निर्माण गरेको तालमा हाल दैनिक सरदर १०–१५ जना जिल्लावासी पुग्ने गरेका छन् ।

    स्थानीयकै पहलमा स्वदेश तथा विदेशमा रहने समाजसेवीहरुवाट संकलन गरेको साना–साना सहयोग तथा श्रमदानवाट निर्मित तालमा व्यवसायिक रुपले डुंगा सञ्चालन गर्न थालेपछि आन्तरिक पर्यटक त्यसतर्फ जान लोभिएका हुन् ।

    हाल लाईफ ज्याकेटसहित व्यवसायिक रुपमा काठको डुंगा सञ्चालनमा ल्याइएको छ । प्रतिव्यक्ती ७५ रुपैयाँ शुल्कमा २० मिनेट शयर गर्न सकिने व्यवस्था सहित व्यवसायिक रुपमा डुंगा सञ्चालनमा ल्याइएपछि जिल्लास्थित विभिन्न गाँउहरुवाट दैनिक रुपमा घुम्ने समुहहरु आउन थालेको ताल निर्माण उपभोक्ता समितिका सचिव दिपककुमार तामाङको भनाई रहेको छ ।

    मानव निर्मित कृत्रिम तालमा आठ सयमा डुंगा रिजर्भ गरेर एक घण्टासम्म शयर गर्ने व्यवस्था मिलाइएको छ । स्थानीय काठबाट बनाइएको डुंगामा एक पटकमा आठ जनाले शयर गर्न सक्ने समितिले जनाएको छ ।
    कांसाहोप तालमा रमिता हेर्ने र घुमफिर गर्ने स्थानीय आउन थालेपछि व्यवसायिक रुपमा डुंगा सञ्चालनमा ल्याइएको समिीले जनाएको छ । तालमा डुंगा शयर गर्दै महालंगुर लगायतका तीन वटा हिमश्रंखला अवलोकन गर्न सकिने समितिका सचिव तामाङको भनाई छ ।

    कांसाहोप, बाँझोबारी, रमितेडाँडा लगायतका ठाउँको पर्यटन प्रवद्र्धनका लागि स्थानीयले चन्दा उठाएर करिब ३ लाख ५ हजारको खर्चमा कृत्रिम ताल निर्माण गरेका हुन् । जमिन रिचार्ज गर्नेदेखि तल्ला क्षेत्रमा सिँचाई गर्न मिल्नेगरी निर्माण गरिएको एल आकारको तालको वाहिरी घेरा ६ सय ७० फिटको रहेको छ ।

    नियमित पानी उम्रने मुहान भएको सानो खाल्डोलाई लकडाउनकै बेला स्काभेटर प्रयोग गरेर फराकिलो बनाएर तालको आकार दिइएको हो । तालसम्म पुग्नका लागि सदरमुकाम दिक्तेलवजार बाट –मुढे–पैंयाँ हुँदै कच्ची सडक बनिसकेको छ । यस्तै दिक्तेलवजार–सोल्मा–तालखर्क –वाँझेवारी र खार्मी स्कुल हुँदै पनि कच्ची सडकमार्फत तालसम्म पुग्न सकिन्छ ।

    तामाङ भाषामा मटेंग्रा बनाउने माटोलाई ‘कांसा’ र खाल्डोलाई ‘होप’ भनिन्छ । सो स्थानको खाल्डोमा मटेंग्रा बनाउने माटो पाइने र झिक्ने गरेकाले सो स्थानलाई कांसाहोप भनिएको स्थानीय बताउँछन् । कांसाहोप तालबाट दुई मिनेट पश्चिममा रहेको रमितेडाँडा वा रमितेढुंगा घुमफिरका लागि चर्चित छ । सो स्थानबाट टाढा–टाढाका मनोरम दृश्यावलोकन गर्न सकिने तामाङले बताउनुभयो । त्याँहावाट हिमालका दृश्यहरुसँगै सोलुखुम्वुको पत्ताले, लेले लगायतका अधिकांश डाँडाहरु, ओखलढुंगाका सदरमुकाम लगायतका क्षेत्रहरु समेत देख्न सकिन्छ । निकट भविश्यमै उक्त रमिते ढुंगा वरीपरी रेलिङ राख्ने या नजिकै टावर राख्ने दुईमा एक काम गर्ने योजना रहेको तामाङले बताएकाछन् ।

    बाँझोबारीबाट सिधै कांसाहोप ताल पुग्ने छोटो दुरीको सडक निर्माण गर्न सके बाँझोबारी र कांसाहोपको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्थानीयको अपेक्षा छ । यस वर्ष तालको प्रवद्र्दनमा खर्च गर्नेगरी साँडे दुई लाख रुपैंयाँ वजेट नगरपालिकाले उपलव्ध गराउने भएको छ । सो रकम तथा श्रमदानवाट तालको क्षेत्रफललाई दोव्वर वनाउने निर्माण समितिको योजना रहेको छ । यस्तै, हाल एउटा सञ्चालन भईरहेकोमा अरु दुई डुंगा र केही लाईफ ज्याकेटहरु थप्ने समितिले जनाएको छ ।

    डुंगा सञ्चालनको लागि दुई–दुई जनाको टीम वनाईएको छ । आम्दानी भएको रकम मध्ये डुंगा चलााउनेलाई ५० प्रतिशत दिएर समितिमा राख्ने गरिएको छ ।।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Pin Up Model Images Free Download on Freepi

    खोटाङको नर्पामा रहेको भुलभुले देउधाम र झाँक्री गुफाको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Grannydating Assessment, Updated 2023

    लालुपाते सहकारी प्रकरणमा चारजना पुर्पक्षको लागि कारागार चलान ।

    ????Pink Cupid Evaluation 2023 – All You Have To Know About Any Of It! ????

    Mostbet Мостбет официальный сайт рабочее зеркало MosBet Бонус до 25 00

    Make the most of granny hook up: unlock your prospective now

    कविता – कर्मचारी

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    आगलागी

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहापोखरी गाउँपालिका

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    बलात्कार

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो

    सम्बन्धित खबरहरु

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    भोजपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    आगोले जलेर एकजना बृद्धाको मृत्यु

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑