लेखिका: पुर्णिमा श्रेष्ठ, इमेल: [email protected]
विश्वस्वास्थ्यसंगठन (डब्ल्यूएचओ) ले बलात्कारलाई यौन दुर्व्यवहारको रूपमा परिभाषित गरेको छ भने, नेपालको कानुन अनुसार कसैको मन्जुरी बिना करकाप, डर, धम्की वा बलको प्रयोग गरी जवर्जस्ती गरिने यौन क्रियालाई बलात्कार भनिन्छ।
नेपाली समाजमा एउटा नारीलाई देवीको रूपमा पूजा गारिन्छ। जस्तै नारीको स्वरूप लाई सरस्वती, लक्ष्मी र दुर्गा को रुपमा विद्यालयहरुमा, विश्व विद्यालयहरुमा, मन्दिरहरुमा र नेपाली समाजको घरघरमा पूजा गारिन्छ। तर त्यहि देशमा १२ वर्षीय अबोध बालिका बलात्कृत हुन्छिन र उनको मृत शरीर मन्दिरमा भेटिन्छ।यति मात्र होइन दुई तिन बर्षका अबोध बालिका देखि लिएर सत्तरि पचहत्तर बर्षका बृद् आमाहरु सम्म पनि घर बाहिर मात्र हैन घर भित्र पनि नेपाली समाजमा सुरक्षित छैनन्।
“नेपालमा यौन हिंसाका घटनाहरुको एक सिंहावलोकन: २०१७” का अनुसार अधिकांश बलात्कार पीडित १३ देखि १५ (४६%) उमेर समूहका थिए, भने १० वर्षका २०%, १६ देखि २० वर्षका १६%, २० वर्ष माथिका ११% र ११ देखि १२ वर्षका ७% थिए। जसमध्ये ८७% महिला आफ्नै आफन्तहरू, छिमेकी, साथीहरूबाट बलात्कृत भएका थिए भने १३% घटनामा मात्र अपरिचित व्यक्तिको संलग्नता देखिएको थियो। जसका कारण समाजको इज्जत र प्रतिष्ठा लाई जोगाउनका लागि यस्ता घटनाहरु ढाक्छोप गरि लुकाउने काम बढी गरिन्छ|त्यसै गरि नेपाल प्रहरीका आर्थिक वर्ष २०१९/२० को प्रतिबेदन अनुसार २,१४४ बलात्कारका घटनाहरू रेकर्ड भएका थिए। यो लकडाउनको अवधिमा देश भरि जम्मा १५५ वटा बलात्कारका घटनाहरु रेकर्ड गरिएका छन्| जस्मा सबै भन्दा धेरै प्रदेश नम्बर-५ मा ३७ वटा घटनाहरु घटेका छन्।
यस्ता बलात्कारका घटनाहरु नदोहोरियोस भनेर नेपाल सरकारले ऐन कानुनहरु बनाउने संसोधन गर्ने र परिमार्जन गर्ने काम गर्दै आएको छ। जस्तै प्रचलित मुलुकी ऐन २०२० को जवर्जस्ती करणीको महल नम्बर ३ मा उल्लेख के छ भने, कसैले कुनै महिलालाई निजको अनुमती बिना करणी गरेमा पीडितको उमेरको आधारमा कसूरदारलाई ५ बर्ष देखी १५ बर्ष सम्मको कैद सजाय हुने व्यवस्था गरेको छ, तर पनि बलात्कारका घटनाहरू रोकिन्को सट्टामा दिन दिनै बृदी भईरहेको छ। नेपालमा बलात्कारका घटनाहरु नरोकिनको मुख्य कारणहरुमा नेपाल सरकार संबेदनशील नहुनु , बलात्कार सम्बन्धी ऐन कानूनहरु प्रभावकारी रूपमा कार्यान्वयन नहुनु, महिलाहरुलाई हेर्ने दृस्टी- कोण मा परिबर्तन नआउनु, शक्तिको दुरुपयोग हुनका साथ साथै सामाजिक र आर्थिक कारणहरु रहेका छन्।
त्यसैले अधिकांश बलात्कृतहरुले बलात्कारी विरुद्ध उजुरी दर्ता गरेता पनि न्याय पाउदैनन्। उदाहरणको लागी जनवरी २५, २०१८ मा २२ वर्षकी एउटी महिलालाई काठमाडौंको दरबार मार्ग स्थित एक होटलमा चार जना पुरुषहरूले बलात्कार गरे पछि रु ३,०००,०००।- ले मुद्दा सुल्झाइयो। यसै गरि तुफान न्यौपाने को २०७५ भाद्र ५ गते को लेख अनुसार घरमा काम गर्न राखिएकी १४ वर्षीया नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले ९ असार २०७१ मा होटल व्यवसायी लेखनाथ भण्डारीलाई पक्राउ गर्यो । कक्षा ६ मा पढ्ने नाबालिकाको मेडिकल जाँच गर्दा ७ महीनाको गर्भ देखियो । विद्यालयले जाहेरी दिएपछि पक्राउ परेका भण्डारीले प्रहरीसमक्ष बलात्कार गरेको स्वीकारे पनि भण्डारीले ‘सबै उपाय’ प्रयोग गरेर अदालतबाट सफाइ पाए।
यी घटनाहरु त परतिनिधि पात्र मात्र हुन् यस्ता घटनाहरु नेपाली समाजमा घटेका घटेकै छन् भने कती पय बलात्कारका घटनाहरु सरकारहरूको नजरमा आउन अगाडि त कुनै आएपछि सम्झौता गरेर अपराधीहरु सजाय पाउन बाट मुक्त हुन्छन्। जुन बलात्कारीका लागि थप प्रोत्साहनको श्रोत बनेको छ। हाल बलात्कार पीडितलाई न्याय दिलौन र बलात्कारको बिरुद्ध ठुला ठुला प्रदर्शनहरु भइरहेका छन्। जस प्रदर्शनहरु बाट बलात्कारीलाई मृत्युदण्ड देखि लिंग छेदनको प्रावधान ऐन कानुन मा हुनु पर्ने सम्मका मागहरु उठ्न थालेका छन्।
अर्को तर्फ़ बलात्कार न्यूनीकरणका लागि गैरसरकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनहरुले बलात्कार बिरूद्ध सामाजिक नियमहरु बनाउने र प्रचार प्रसार गर्ने, आत्मरक्षा कौशल सिकाउने, महिलाहरुलाई सशक्तिकरण र समर्थन गर्ने अवसर प्रदान गर्नुका साथै बलात्कार विरोधी अभियानहरु चलाईरहेका छन्। तर बलात्कारका घटनाहरु दिनप्रतिदिन बढ्दै छन्।तसर्थ मेरो बिचारमा बलात्कार रोक्नका लागि सजाय मात्र बिकल्प होइन।
जसका लागि समयमै यौन शिक्षाका बारेमा पाठ्यक्रम बनाई स्कूल देखि विश्वविद्यालय सम्म अध्ययन अध्यापन गराई यौन र महिला प्रती हेर्न दृष्टिकोण मा सकारात्मक सोचको विकास गर्न सकेमा बलात्कारका घटनाहरुलाई नेपाली समाजमा न्युनिकरन गर्न सकिन्छ।तर नेपाली समाजमा यौन र महिला प्रतिको सोचमा सकारात्मक परिबर्तन ल्याउन जवाफदेहि र उत्तरदायी सरकार, उत्तरदायी समुदाय, शिक्षा र कानुनमा सबैको समान पहुँच हुनु पर्दछ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]