देश पोष्ट/३० असोज २०७७–काठमाण्डौं । कोरोना भाइरस कोभिड १९ को बिश्वब्यापी महामारीलाई न्युनिकरण गर्नको लागि श्वास्थ्य बिज्ञहरुको सुझाब भनेकै भिडभाडमा नजाने,माक्स र सेनिटाइजरको प्रयोग गर्ने,बेला बेला साबुन पानिले मिचिमिचि हात धुने,सुक्खा खोकी लागेमा वा ज्वरोको डिग्री बढेमा,हातखुट्टा कटकटी खाएमा तुरुन्त श्वास्थ्य संस्थामा सम्पर्क राख्ने हो ।
पछिल्लो समयमा सामाजिक दुरी कायम गर्ने,लकडाउन गर्ने,निषेधाज्ञा जारी गर्ने, संगै आर डि.टी.टेष्टले बजारमा उद्युमै मच्चायो । पछिल्लो समयमा आर.डि.टी.टेष्टको कुनै बिश्वसनियता नभएपछी सोको बिरोधमा सडकमै नागरिकहरु उत्रिनु पर्यो । फलस्वरुप आर.डि.टी. बन्द गरियो ।
सामान्यतया बिरामी भएपछी उपचार गर्नु भन्दा अगाडी बिमार लाग्न नदिनु नै उतिउत्तम भन्ने श्वास्थ्यको सिद्दान्त हो । तर चिनको वुहान राज्य बाट शुरु भएको कोरोना भाइरसले बिश्वब्यापी रुप लिदै गर्दा केही देशहरुले वास्तै गरेनन् भने केही त्यस्ता देशहरु अब यो अबसरमा कसरी कमाउने भन्ने तिर ब्यस्त रहेको देखिन्छ । जसको एउटा उदाहरण हो नेपाल ।
जब नेपालमा कोरोनाको संक्रमण नै प्रबेश नगर्दा डोनर संग लिएर हुन्छ या कसरी हुन्छ श्वास्थ्य सामग्री खरिद मा र राज्यको सम्पती राहतको नाममा खर्च गर्नमा नै तल्लिन रहेको देदिन्छ । जबकी ३ महिना लामो राज्य लकडाउन भयो बिना पूर्ब तयारी जसको कारण सिमामा कर्णालीमा हाम फालेर पौडिएर नेपाल प्रबेश गर्नेको अथवा मित्र राष्ट्रहरुको खुला नाकाहरुनै तैनाथ गरिएन । जहाँ नेतृत्वहरुलाई कसरी कमाउने भन्ने र पद र कुर्सी कसरी भागबण्डा लगाउने भन्ने मै समय पुगेको थिएन ।
जब बाहिरका मान्छे ह्वारह्वार्ती नेपाल प्रबेश गरे लकडाउन पनि सक्कियो अनि निशुल्क गर्ने बिभिन्न टेष्ट एबं राहतका प्याकेजहरु पनि सिध्धियो तब कोरोनाले तिब्र रुप लिन थाल्यो । जबकी दैनिक ५ हजार सम्मलाई संक्रमण हुने र मर्ने को संख्या पनि उल्लेख्य हुन थालेपछी राज्य सरकार वा निजि क्षेत्रका अस्पतालहरु खचाखच हुन थालेपछी बेहोस हुन आटेपछी वा बेहोस भएपछी मात्र अस्पताल आउने भन्ने हास्यास्पद कुरा गरेर बस्छ सरकारको श्वास्थ्य निकाय ।
जब संक्रमितको संख्या बढ्दै गएपछी निशुल्क पिसिआर टेष्ट गराउने निकाए एकाएक गाएब हुन्छन्, अनि जनताले आपफ्नै खर्चमा टेष्ट गर्ने सो को मूल्य १५ हजार सम्म लिएपछी ब्यापार त गज्जबकै भयो । पछिल्लो समय निजि क्षेत्रहरुलाई उक्त टेष्ट गर्न दिँदा प्रतिस्पर्धामा २ हजार सम्ममा टेष्ट गर्न थालियो । त्यहाँ पनि ब्यापार, अघिल्लो दिन काठमाण्डौं मेडिकल कलेजमा पिसिआर टेष्ट गर्दा रिपोर्टमा कोरोना पोजेटिभ देखाउछ, भोलिपल्ट स्टार हस्पिटलमा टेष्ट गराउदा नेगेटिभ देखाउछ । एक दिनमै भागी जाने कस्तो कोरोना ? ५ दिन देखी ७ दिनमा कोरोना भागेको त थुप्रै केशहरु छन् ।
अहिले अस्पतालको ब्यापार पनि राम्रै फस्टाएको देखिन्छ । जबकी हरेक जसो अस्पतालको लाईन भनेकै पिसिआर टेष्ट गर्नेकै लाइन भेटिन्छ । शिश्वमा कोरोना भाइरस देखा परेको १ बर्ष बित्न लाग्दा पनि कोरोना भाइरसको उपयुक्त,खोप,औषधी,भ्याक्सिन वा एन्टी कोरोना भाइरस को पत्ता लगाउन नसकिएको परिस्थितीमा संक्रमितको संख्या,मर्नेको संख्या र निको हुनेको संख्या बर्गिकरण गरेर राज्यले सार्बजनिक गर्ने क्रम निरन्तर रुपमै चलिनै रहेकको छ । बिना ओखती निको हुने भाइरसको बिषयमा किन यत्रो जात्रा ? बिना कुनै लक्षण,अघिल्लो दिन पोजेटिभ,भोलिपल्ट नेगेटिभ आउने पिसिआर रिर्पोटको बिश्वसनियता के ? यो परिक्षण की कमाई खाने भाँडो ?
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]