देशपाेष्ट । चीनको बुहानबाट शुरु भएको कोरोना भाइरसले यतिबेला विश्वव्यापी महामारीको रुप लिएको छ । नेपाल पनि यस बाट अछुतो रहन सकेन । नेपालमा पनि कोरोनाले भयाबह स्थिती बनाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार मंगलबार सम्म नेपालमा कुल एक लाख ७९ हजार ६१४ जना कोरोना संक्रमित भएका छन् । तीमध्ये एक लाख ४१ हजार १३४ जना कोरोनामुक्त भएका छन् भने एक हजार चारजनाको ज्यान गएको छ।
मंगलबार सम्म देशमा ३७ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३४७ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा उपचार गराइरहेकाको संख्या ७४ छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी बागमती प्रदेश कोरोना प्रभावित छ। देशको आधाभन्दा बढी संक्रमित बागमतीमा छन्।
यो प्रदेशमा आजसम्म ९५ हजार ३८६ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ७१ हजार ८०० जनालाई निको भएको छ भने २३ हजार ८३ जना उपचार गराइरहेका छन्। कोरोना संक्रमणबाट बागमतीमा मंगलबारसम्म मृत्यु हुनेको संख्या ५०३ पुगको छ।
जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा ६५ हजार ७८८ जनामा कोरोना संक्रमण भएको छ।
तीमध्ये ४९ हजार ६७६ जनालाई निको भएको छ भने काठमाडौंमा २४९ जनाको मृत्यु भएको छ। यस्तै १५ हजार ८६३ जना सक्रिय संक्रमित छन्।
यस्तो छ मंगलबारसम्मको तथ्यांक
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]