देशपाेष्ट । आईपीइल २०२० को लिग चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई ईण्डियन्सले लज्जास्पद हार व्यहोरेको छ । गएराती सम्पन्न खेलमा मुम्बई सनराईज हैदरावादसँग १० विकेटले पराजित भएको हो । गर या मरको स्थितीमा रहेको हैदरावाद अन्तिम खेलमा जित हासिँल गर्दै आईपिएलको प्लेअफमा पुगेको छ । यस अघि मुम्बई, दिल्ली र बैंगलोरले प्ले-अफमा स्थान पक्का गरेका थिए।
प्लेअफ पुग्नको लागि जित अत्यावश्यक रहेको खेलमा मुम्बई बिरुद्ध हैदरावादले १० विकेटको शानदार जित दर्ता गरेको हो। हैदरावादको जितपछि कोलकाता नाइट राइडर्स भने बैंगलोर र हैदरावादसंग अंक बराबरी भएता पनि नेट रन रेटमा पछि पर्दै प्लेअफ पुग्न असफल रह्यो।
अंकतालिकामा १८ अंक सहित मुम्बई पहिलो, १६ अंक सहित दिल्ली दोश्रो, १४ अंक सहित हैदरावाद तेश्रो तथा समान १४ अंक रहेता पनि हैदरावादसंग पछि पर्दै बैंगलोर चौथो स्थानमा रह्यो। १४ अंकनै रहेको कोलकाता हैदरावाद र बैंगलोर भन्दा नेट रन रेटमा पछि पर्यो।
वार्नर र साहाको उत्कृस्ट साझेदारी
शारजाह स्टेडियममा सम्पन्न खेलमा मुम्बईले दिएको १५० रनको लक्ष्य हैदरावादले विकेट नगुमाई १७.१ ओभरमै पुरा गर्यो।
कप्तान डेभिड वार्नर र रिद्दीमान साहाले १५१ रनको ओपनिंग साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ८५ रन बनाए। यस्तै साहाले ४५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए।
आईपीएलमा ६ वटा सिजनमा वार्नरले ५ सय भन्दा बढी रन बनाउदै नयाँ कीर्तिमान बनाएका छन्। यस क्रममा उनले ५ सिजन ५ सय रन पुरा गरेका बिराट कोहलीलाई उछिन्न सफल भएका छन्।
मुम्बईको इनिंग
यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो।
मुम्बईको लागि काइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए जुन क्रममा २५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। सुर्यकुमार यादवले ३६ रन बनाए भने इशान किशनले ३३, क्विन्टन डीककले २५ रन बनाए। रोहित शर्मा ( ४ ) , क्रुनाल पान्ड्या ( ० ) , सौरभ तिवारी ( १ ) , नाथन कौल्टर नाइल ( १ ) जस्ता ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।
रोहित र डीकक छिट्टै आउट भएपछि इशान किशन र सुर्यकुमार यादव बीच ४२ रनको साझेदारी भएको थियो। १२ औं ओभरमा यादवलाई सन्दिप शर्माले स्टम्प आउट गराएपछि मुम्बईले पुनः लगातार विकेट गुमाउन पुग्यो। लगातार विकेट गुम्दा काइरन पोलार्डले अन्तिममा आक्रामक सटहरु खेल्दै मुम्बईलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए।
हैदरावादको बलिंगमा दायाँ हाते पेसर सन्दिप शर्माले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। उनले रोहित शर्मा, क्विन्टन डीकक र इशान किशनको महत्वपूर्ण विकेट लिए। शाहबाज नदीम र जेसन होल्डरले समान २ विकेट तथा राशिद खानले १ विकेट लिए।
प्लेअफ समीकरण यस्तो
लिग चरणको समाप्ति पछि १३ औं आईपीएलको प्लेअफ समीकरण पनि पुरा भएको छ। पहिलो क्वालीफायर नोभेम्बर ५ तारिखमा ( बिहिबार ) मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स बीच दुबई क्रिकेट स्टेडियममा खेलिनेछ। यस्तै इलिमीनेटर नोभेम्बर ६ तारिखमा रोयल च्यालेन्जर्स बैंगलोर र हैदरावाद बीच शेखजायद स्टेडियम अबुधाबीमा खेलिनेछ। पहिलो क्वालीफायरमा विजयी हुने टिम फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले इलिमीनेटरमा विजयी हुने टिमसंग फाइनल प्रवेशको लागि दोश्रो क्वालीफायरमा प्रतिस्पर्धा गर्नेछ। दोश्रो क्वालीफायर नोभेम्बर ८ मा तथा फाइनल नोभेम्बर १० तारिखमा खेलिनेछ।
आईपीएलको प्लेअफ खेलतालिका :
नोभेम्बर ५ ( पहिलो क्वालीफायर ) : मुम्बई इन्डीएन्स Vs दिल्ली क्यापिटल्स
नोभेम्बर ६ ( इलिमीनेटर ) : रोयल च्यालेन्जर्स बैंगलोर Vs सनराइजर्स हैदरावाद
नोभेम्बर ८ ( दोश्रो क्वालीफायर ) : पहिलो क्वालीफायरमा पराजित हुने टिम Vs इलिमीनेटरमा विजयी हुने टिम
नोभेबर १० ( फाइनल ) : पहिलो क्वालीफायर विजयी टिम Vs दोश्रो क्वालिफायरमा विजयी टिम
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]