देशपाेष्ट । कोरोना संक्रमित भएर आईसियुमा उपचार गराइरहेका हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आएको गजुरेलको परिवारले जनाएको छ । ‘उहाँलाई निमोनिया देखिएको छ,’ परिवारका एक सदस्यले जानकारी दिए । ‘कोरोना लागेका धेरैजसो बिरामीलाई निमोनिया पनि देखिने रहेछ। अवस्था सामान्य छ। सुधारोन्मुख छ।’
गत कात्तिक १० गते उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएदेखि गजुरेल होम आइसुलेसनमा रहदै आएका थिए तर बुधबार बाट निरन्तरको खोकि लगेर स्वास्थ्य अवस्था गम्भिर बनेपछि उनलाई बलम्बु स्थित सशस्त्र प्रहरी बलको अस्पतालमा आईसियूमा भर्ना गएिको थियो ।
गजुरेललाई अहिले पनि ‘आइसियु ब्याकप’मा राखिएको छ। ‘निमोनिया देखिएकोले आइसियु ब्याकअपमा राखिएको हो। उहाँको स्वास्थ्य गम्भीर भएर आइसियुमा राखेको होइन,’ गजुरेलका परिवारका सदस्यले भने, ‘अवस्था सामान्य छ।’
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]