देशपाेष्ट । सत्तारुढ दल नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । दुई अध्यक्षबीच तिक्तता बढिरहेकै अवस्थामा कार्यकारी अध्यक्षले आज तीन बजे पार्टीको अनौपचारिक सचिवालय बैठक बोलाएका छन् । दुई अध्यक्षबीच शक्ति संघर्ष बढेपछि दुबै अध्यक्षहरु गुटगत रणनीति बनाउन अग्रसर भएको अवस्थामा कार्यकारी अध्यक्षले सचिवालय बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
दाहालले शुक्रबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।
बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने बालुवाटार स्रोतले बतायो ।
बिहीबार मात्रै दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ता सकारात्मक हुन सकेको थिएन । अध्यक्ष दाहालले बैठक बोलाएर सबै समस्याको छलफल त्यहीँ गर्न अडान राखेका थिए । अर्का अध्यक्ष ओली भने बैठक अघि दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक बोलाउने अडानमा छन् ।
यहीबीचमा अध्यक्ष दाहालले पार्टी कार्यालयमा सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]