देशपाेष्ट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा शुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दहाले बोलाउनु भएको सचिवालय बैठकमा बहुमत सिचवालय सदस्यहरुको उपस्थिती रहेको छ ।
बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकटका सदस्यहरु भने उपस्थित भएका छैनन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।
प्रधानमन्त्रीसँगको छलफल पछि नै सचिवालयको र्बठक शुरु भएको नेकपाका नेता शुवास नेम्वाङ्गले जानकारी दिनु भयो । तर महासचिव विष्णु पौडेलले नेकपाको सचिवालय बैठक नभएको प्रतिक्रिया दिनु भएकाे छ । नेकपामा देखिएको विवाद समाधानतर्फ भन्दा पनि बढ्न थालेपछि नेताहरुबीच पटक पटक अनौपचारिक छलफल भइरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]