देशपाेष्ट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसिरहेको छ । नेकपा अध्यक्ष पुष्षकमल दाहालले हिजो धुम्बाराहीमा डाकेको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली, रामबहादुर थापालगायत अनुपस्थित थिए ।
अध्यक्ष ओलीले बहुमतले पार्टी कमिटीको बैठक राखे पार्टी विभाजन हुने चेतावनी दिएपछि नेकपा सचिवालयका पाँच जना बहुमत सदस्य हच्किएका थिए । पनि अहिले पार्टीका अर्का अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरू धुम्बाराहीमा भेला भएका हुन् । हिजोको बैठकले भने अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सहमतिमा सचिवालय बैठक डाक्न आग्रह गर्ने निर्णय गरेको थियो ।
पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]