देशपाेष्ट । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरणमा हेरफेर गरेको छ । शनिबार भर्चुअल बसेको क्यानको बोर्ड बैठकले खेलाडीको वर्गीकरणमा हेरफेर गरेको हो । खेलाडी वर्गीकरण छनोट समितिले सोमपाल कामीलाई ग्रेड बीबाट एमा ल्याएको क्यानले जनाएको छ । त्यस्तै अबिनास बोहरालाई ग्रेड सीबाट ग्रेड बीमा ल्याएको छ ।
यसअघि ग्रेडिङमा नपरेका ललित नारायण राजवंशीलाई ग्रेड बी र सन्दीप जोरालाई ग्रेड सीमा पुन वर्गीकरण गर्न गरेको प्रस्तावलाई बोर्ड बैठकले सर्बसम्मत पारित गरेको जनाएको छ ।
त्यसैगरी महिला क्रिकेट खेलाडीतर्फ सरस्वती चौधरीलाई बी, ममता चौधरी र सुमन खतिवडालाई ग्रेड सीमा राख्ने निर्णय गरेको क्यानले जनाएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै हाललाई खेलाडी सम्झौता २०२० जनवरी देखि ६ महिनाको लागि गर्ने निर्णय गरिएकोसमते क्यानले विज्ञाप्तिमा जनाएको छ ।
आज बसेको बैठकले भारतीय दूतावासको सहयोगमा किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको पबेलियन हलको स्तरोन्नति गर्ने निर्णय गरिएको छ ।
त्यस्तै नेपाल क्रिकेट संघको वार्षिक साधारणसभा आगामी मंसिर ३ गते गर्ने निर्णय गरिएको छ भने राष्ट्रीय क्रिकेट टिम (पुरुष) को बन्द प्रशिक्षण सम्पुर्ण स्वास्थ्य प्रोटोकल पूरा गर्दै आगामी मंसिर १० देखि सन्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]