देशपाेष्ट । गायक राजेशपायल राईको नयाँ पूर्वेली भाकाको गीत ‘पूर्वै सहर…’को भिडियो सार्वजनिक भएको छ । यो गीतमा उनलाई र गायिका निलम रोजु राईको स्वरमा साथ दिएकी छन् । यो गीतमा संगीत पनि निलमकै छ । यो गीतलाई आलोक चाम्लिङ राईले लेखेका हुन् ।
विदेशमा रहेका नेपालीले आफ्नो गाउँघरलाई सम्झिएको प्रसंगमा यो गीत केन्द्रित छ । गीतको भिडियो निर्देशन शन्तकुमार राईले गरेका हुन् । जसमा सरु राना गुरुङको कोरियोग्राफी रहेको छ । केही टेली शृंखलासमेत निर्देशन गरेका राईले पहिलो वाम्बुले भाषाको चलचित्र ढ्वाङ्कुमका निर्देशकसमेत हुन् ।
गीतको भिडियामा सन्तोष राई र सलिना थापा मगरले अभिनय गरेका छन् । उनीहरूको अभिनय राम्रो छ । भिडियोको छायांकन बेलायतमै गरिएको छ । बेलायतका विभिन्न रमणीय स्थललाई भिडियोमा उतारिएको छ ।
भिडियोको छायांकन सुमन श्रेष्ठले गरेका हुन् । निर्देशक राई नेपालमा एक दशकभन्दा बढी समय रंगमञ्च, केही टेलीशृंखल फिल्ममा काम गर्दागर्दै परिवारको साथ बेलायत पुगेर आफ्नो कर्ममा निरन्तर लागेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]