• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / विकास

कांग्रेस सांसदले सडक ठेक्का लिएर अलपत्र छाडेः जनातालाई सास्ती

२३ कार्तिक २०७७, आईतवार ०८:५४ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • ४१६ पटक पढिएको
  • देशपाेष्ट । नाग्म–गमगढी सडक खण्डमा स्तरोन्नतिको काममा ढिलाइ हुँदा नागरिकले सास्ती खेप्दै आएका छन् । ठेकेदारको लापर्बाहीले पानी परे हिलाम्मे र घाम लागे धुलाम्मे हुने यो सडक खण्डमा यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ । सांसदले नै ठेक्का लिएको नाग्म–गमगढी राजमार्ग निर्माण अहिले अलपत्र अवस्थामा छ । राजमार्गको ९३ किलोमिटरमध्ये सुरुवातकै १३ किलोमिटरमा प्रतिनिधिसभा सांसद बहादुरसिंह लामाकै निर्माण फर्मबाट काम थालिएको थियो । तर, ठेक्का सम्झौता अवधिमा काम नँहुदा सडक निर्माण अलपत्र परेको हो । सांसद लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एन्ड थोकर र हिरा एन्ड नमिता जेभीले पाँच वर्षअघि नै सो सडक निर्माण ठेक्का लिएको थियो ।
    नुवाकोटका लामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक कोटाका सांसद हुन् । निर्माणमा ढिलाइ हुँदा रारा जाने पर्यटक लगाइत सिँजा र मुगुका नागरिकले दुःख पाएका छन् । सडक डिभिजन जुम्लाका अनुसार सांसद लामाको फर्मले १३ किलोमिटर सडकमा सडक चौडा ,ग्राभेल, कल्भट, ग्याविन, मेसिनरी टेवा र पर्खालको काम गर्नेगरी ठेक्का लिएको थियो तर, अहिलेसम्म ६ किलोमिटर सडक अलपत्र अवस्थामै छ । सडक कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले तिहार अगावै काम नथाले सांसद लामाको फर्मलाई कालो सूचीमा राख्ने चेतावनी दिइएको बताए । ‘अब ठेकेदारबाट काम हुन्छ नभए हामी एक्सनमा उत्रन्छौं ’ उनले भने ।
    पाँच वर्ष अघिदेखि नै काम थालेजस्तो गरे पनि सडक तयार नभएपछि राजमार्ग वरपरका स्थानीयसहित जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतसहितको टोलीले सिञ्जा राजमार्गमा काम ढिलाइ हुनुको कारण र चुनौतिबारे डिभिजनमा सड्क पुगेर जानकारी लिएका थिए । डिभिजनमा सडक कार्यालयले सांसदले नै ठेक्का लिएकाले काम गराउन कठिन भएको जवाफ दिएको थियो । चौतर्फी दबाब आएपछि कार्यालयले कालोसूचीमै राख्ने चेतावनी दिएको छ । यो सडक बनाउने गरी ठेक्का नम्बर १२ अन्तर्गत पर्ने सो खण्डको २०७२ माघ ८ गते ठेक्का सम्झौता भएको थियो । निर्माण अवधि २०७५ पुष ७ गतेसम्मका लागि तोकिएको थियो । दोस्रोपटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गतेसम्म अवधि निर्माण अवधि थपिए पनि काम हुन सकेको छैन । लामाको फर्मले सम्झौता रकम १० करोड १३ लाख आठ हजार १३० रुपैयाँ ५५ पैसामध्ये सात करोड ९६ लाख १२ हजार २७६ रुपैयाँ २६ पैसा भुक्तानी लिइसकेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑