देशपाेष्ट । विश्वमा अझै फाइभजी कार्यान्वयन भइसकेकाे छैन । तर चीनले विश्वको पहिलो सिक्सजी भू-उपग्रह प्रविधि परीक्षणका लागि अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ । शाङ्छी प्रान्तस्थित ताइयुआन भू-उपग्रह प्रक्षेपण केन्द्रमा अन्य १२ वटा भू-उपग्रहहरुसँगै उक्त उपग्रहलाई पृथ्वी कक्षमा छोडिएको हो ।
सिक्सजी नेटवर्कको विशेषताबारे दूरसञ्चार क्षेत्र तथा यसक्षेत्रमा आबद्ध विज्ञहरु अझै धेरै वर्षसम्म एकमत हुने अवस्था छैन । यसैकारण अहिलेको परीक्षणबाट पनि सिक्सजी प्रविधिको फाइनल स्ट्याण्डर्ड बाहिर आउँछ भन्ने कुरामा स्पष्ट भएको छैन ।
चीनले यो प्रविधि फाइभजीभन्दा धेरै गुणा तीव्र हुन सक्ने आँकलन गरेको छ । तर सिक्सजीमा डेटा ट्रान्समिसनका लागि उच्च फ्रिक्वेन्सी टेराहर्ज वेब प्रयोग गर्न सकिन्छ, जुन फाइभजीभन्दा सय गुणा छिटो हुनेछ ।
यसबाहेक उक्त भू-उपग्रहमा प्रकोप निरीक्षण गर्न सकिने र बन आगलागीलाई रोकथाम गर्न सकिने प्रविधि पनि सँगै छ ।
याे भूउपग्रहकाे नाम युनिभर्सिटी अफ इलेक्ट्राेनिक साइन्स एन्ड टेक्नाेलाेजी सेन्टरबाट राखिएकाे छ ।
The “#UESTC” satellite (Star Era-12), the first #6G test satellite in the world and first one named after the university since its establishment, was successfully lifted off at Taiyuan Satellite Launch Center and entered the scheduled orbit on the morning of Nov. 6. pic.twitter.com/ouM2rpC7pS
— UESTC-电子科技大学 (@UESTC1956) November 6, 2020
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]