देशपाेष्ट/काठमाण्डाैं । संसारका हरेक मानिसहरु आँफु जिवनमा सफल हुन चहान्छन । तपाईं–हामी पनि सफल बन्न चहान्छौँ । जिवनमा एक सफल व्यक्ति बनेर टन्न पैसा कमाएर ऐस आरामको जिवन जिउनु तपाईं–हामी धेरै मानिसको सपना हो । तर सपना र चहाना भएर मात्र सफल बन्न सकिदैन । यसका लागि मेहेनत त आवश्यक हुन्छ नै । कहिलेकाँहि सहि तरिकाको अभावमा गरेको मेहेनत पनि व्यर्थ भइदिन्छ । सफलता प्राप्त गर्न हरेक व्यक्तिका आ–आफ्नै तरिका हुन्छन । यहाँ हामी दुई सफल व्यक्ति र संसारकै धनाढ्यहरुका बिल गेट्स र मार्क जुकरबर्गका सफलता प्राप्तीको लागि दिएका सामान्य टिप्स हेरौ जुन तपाईंलाई काम लाग्न सक्छः
मान्छे समझदार हुने एकै तरिका हुँदैन (बिल गेट्स)
बिजनेस इनसाइडरका अनुसार बिल गेट्स भन्छन्- मान्छे समझदार हुने भन्ने कुनै एक तरिका हुँदैन । अलग–अलग प्रतिभा भएकाहरुलाई एकै ठाउँमा राख्न सके मात्रै पनि तपाईँ सफल बन्न सक्नु हुन्छ ।
गेट्स भन्छन, ‘पहिला मलाई लाग्थ्यो कि जसको आइक्यू लेबल उत्कृष्ठ छ उसले सबै कुरा गर्न सक्छ तर यस्तो होइन रहेछ । सधैं भन्ने गरिन्छ कि स्मार्ट र सिम्पल आइडियाले सबै समस्या समाधान गर्न सकिन्छ तर मैले भने यो कुरा कहिल्यै पनि सम्झन सकिनँ ।’
आफैमाथि भरोसा गर्नुस् (मार्क जुकरबर्ग)
फेसबुकका सस्थापक मार्क जुकरबर्ग भन्छन्- पहिला तपाईं आफैले आफैमाथि भरोसा गर्नुस् । जति तपाईं सोच्नुहुन्छ त्यो भन्दा कयौँ गुणा गरेर देखाउन सक्नुहुन्छ । म जे पनि गर्न सक्छु, जे पनि सिक्न सक्छु भन्ने भरोसा राख्न भने नभुल्नुस । जुकरबर्ग सम्झन्छन्- मैले फेसबुक शुरु गर्दा म जम्मा १९ बर्षको मात्रै थिएँ ।
उनले भनेका छन्- तपाईं उच्च शिक्षा सकेर कलेजबाट बाहिरीने बित्तिकै ६० हजार डलर मासिक कमाउन सक्नु हुन्न, सिधै राष्ट्रपति, प्रधानमन्त्री बन्न पनि सक्नुहुन्न ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]