• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / अपराध

घिरौला टिपेको विवादमा भएको झगडामा मृत्यु भएकालाई सहिद घोषणा गर्न कांग्रेसको माग

२५ कार्तिक २०७७, मंगलवार ०९:३७ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • ४९६ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाै । आफ्नै बारीको घिरौंला टिप्न छिमेकीको बारी प्रयोग गरेको सामान्य विषयमा दुई पक्षबीच भएको झडपमा ज्यान गुमाएका व्यक्तिलाई सहिद घोषणा गर्न माग गर्दै नेपाली कांग्रेस सर्लाहिले एक महिना देखी आन्दोलन गर्दै आइरहेको छ ।
    गत असोज २१ गते बालबालिकाबीच भएको बिबादमा बुज्रुक व्यक्तिहरु पनि सामेल हुँदा बिबाद झडपमा रुपान्तरण भएर एक जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।मृत्यु हुनेमा सर्लाही रामनगर–७ सिसौटका महेन्द्र राम थिए ।
    नेपाली कांग्रेस सर्लाहीले भने यो मामिलालाई ‘राजनीतिक प्रतिशोध’ साधेका रूपमा लियो । महेन्द्रलाई सहिद घोषणा र १० लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरिरहेको छ । यही अडानका कारण शव एक महिनादेखि अस्पतालमै छ । परिवारका सदस्यलाई शव बुझ्न प्रहरीले तारन्तार सम्झाए पनि पार्टीकै अडानका कारण उनको अन्त्येष्टि हुन सकेको छैन ।
    दुईपक्षीय झडपमा गम्भीर घाइते भएका महेन्द्रलाई उपचारका लागि मलंगवास्थित सरकारी अस्पतालमा लगिएको थियो । त्यहाँबाट वीरगन्जको न्युरो अस्पताल रेफर गरियो । असोज २२ मा उनको उपचारकै क्रममा मृत्यु भयो । सर्लाही प्रहरीले झडपमा ढुंगा हानाहान गरेका तीन जनालाई घटनाकै दिन पक्राउ गरेको थियो ।
    प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बालबालिकाबीच भएको झगडामा मृतक परिवारलाई उचालेर राजनीति गर्न खोजिएको बताए । ‘झडपमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ,’ उनले कान्तिपुरसँग भने, ‘राजनीतीकरण गरेर घटनालाई अर्कै मोड दिन खोजिएको छ । हामी गहिरिएर अनुसन्धान गरिरहेका छौं । यो कुनै राजनीतिक झडप होइन ।’
    तर कांग्रेसले मागमा अडान राख्दै आइतबार पनि सर्लाहीमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी प्रदेश सांसद वीरेन्द्र सिंहले झडपमा सत्तापक्ष नेकपाका कार्यकर्ताद्वारा महेन्द्र मारिएकाले सहिद घोषणा र क्षतिपूर्तिको माग गरिएको दाबी गरे । ‘जानाजान उनको हत्या गरिएको छ,’ उनले भने, ‘सहिद घोषणा र १० लाख क्षतिपूर्ति नदिएसम्म आन्दोलन रोकिन्न ।’
    कांग्रेस कार्यकर्ता रहेका महेन्द्र र त्यस दिनको झडपमा मुछिएका नेकपाका विनोद महरा पक्षबीच भने दुई वर्षअघिदेखि नै विवाद थियो । सामान्य निहुँमा पनि उनीहरू कुटपिटमै उत्रिन्थे । कतिपयले घिरौंला टिप्दा अर्काको बारी प्रयोग गरेको त्यस दिनको निहुँ पनि पुरानै शत्रुतापूर्ण सम्बन्धकै तिक्तताका रूपमा बुझेका छन् । डीआईजी सिंहले भने, ‘हाम्रो अनुसन्धानले कांग्रेसले किटानी गरेका केही व्यक्तिहरूको घटनामा संलग्नता देखिँदैन ।’
    आफ्नै क्षेत्रका कार्यकर्ता महेन्द्रको मृत्युको घटनापछि कांग्रेस नेता अमरेशकुमार सिंह असोज २७ मा काठमाडौंबाट सर्लाही झरे । उनकै अगुवाइमा भोलिपल्ट जिल्ला प्रहरी कार्यालय घेराउ गरियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्‍यो । सिंहको अगुवाइमा गएका कांग्रेस कार्यकर्ताले प्रहरीमा किटानी जाहेरी दिए । जाहेरीमा झडपमा संलग्न नै नरहेका भनिएका नेकपाका केही स्थानीय नेताको नामसमेत थियो । सर्लाही प्रहरीले उक्त जाहेरी लिन इन्कार गर्‍यो ।
    नेता सिंहले असोज २९ मा पत्रकार सम्मेलन गरेर आफूलाई सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले ‘गालीगलौज र दुर्व्यवहार’ गरेको आरोप लगाए । कांग्रेसले नेकपाका ११ जनाको नाम किटानी गरेर जिल्ला प्रहरीमा मुद्दा दर्ता गराउन खोज्यो तर प्रहरीले मानेन । कांग्रेस प्रहरीमाथि नै दबाब दिन प्रदर्शनमै उत्रिँदा भएको झडपमा चार दर्जनभन्दा बढी घाइते भएका थिए ।
    परिवारले शव उठाउन नमानेपछि एक महिनादेखि महेन्द्रको शव नारायणी अस्पतालको शवगृहमा छ । महेन्द्रकी श्रीमती दुलारीदेवीले आफू गरिब भएको र पहुँचवाला नरहेकाले सत्तापक्षका नेताले पतिको हत्या गरेको भन्दै क्षतिपूर्ति पाउनुपर्ने माग गरिन् । ‘हामीलाई क्षतिपूर्ति चाहिन्छ, हाम्रा घरका मुखियालाई उनीहरूले मारिदिए, अब हामीलाई न्याय चाहिएको छ,’ उनले भनिन् ।
    यही बीचमा दसैं परेकाले कांग्रेसले आन्दोलनको कार्यक्रम स्थगित त गरेको थियो तर परिवारलाई शव बुझ्न पनि दिएन । कांग्रेस सर्लाहीले आइतबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । सर्लाही प्रहरी प्रवक्ता डीएसपी मदन कुँवरले घटनाको अनुसन्धान र फरार व्यक्तिको खोजी भइरहेको बताए ।
    कांग्रेसबाट यस क्षेत्रको संघीय सांसदका रूपमा निर्वाचित अमरेशकुमार सिंह र नेकपाका शिवपुजन रायले भने दलीय स्वार्थमा जनताको झगडालाई राजनीति रङ दिने गरेको प्रहरीकै दाबी छ । सिंह र राय राजनीतिमा एक–अर्काका प्रतिद्वन्द्वी पनि हुन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑