देशपाेष्ट/काठमाण्डाै । पाल्पाकाे रामपुर नगरपालिका–१०, सिकोडाँडामा दाउरा निकाल्ने क्रममा ३६ वर्षीय सुवास बोटे मंगलबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छन् ।
नदीमा दाउरा निकाल्न गएका बोटे अचानक कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए ।
प्रहरी र स्थानीय बासिन्दाले उनलाई बुधबार बिहानैदेखि खोजी कार्य जारी राखेका छन् । उनीसँगै नदीमा दाउरा संकलन गर्न गएका लक्ष्मण माझी, छोपबहादुर बोटे र बुद्धे बोटे भने सकुशल घर फर्केका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका–९, घर भएका उनीहरु रामपुर नगरपालिका–१०, सिकोडाँडामा दाउरा संकलन गर्न आएको स्थानीयले बताए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]