देशपाेष्ट/काठमाण्डाैं । बिहारको विधानसभा निर्वाचनमा कम्युनिष्ट पार्टीहरुले पहिलेको तुलनामा आफ्नो अवस्थामा सुधार गरेका छन् । ।
राष्ट्रिय जनता दलसँगको एलाइन्समा तीन कम्युनिष्ट पार्टीले जम्मा २९ वटा सिटमा प्रतिस्पर्धा गरेका थिए । २९ सिटमध्ये कम्युनिष्ट पार्टी अफ इन्डिया (सिपिआई) ६ सिटमा, सिपिआई (एमएल) १९ सिटमा र कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई एम) ले चार सिटमा प्रतिस्पर्धा गरेका थिए ।
पछिल्लो नतिजा अनुसार सिपिआईले दुई सिट जितेको छ, सिपिआई (एमएल)ले १२ सिटमा र सिपिआई(एम) ले २ सिट जितेका छन् । बिहारमा आफ्नो दलको अवस्था सुध्रिएपछि कम्युनिष्ट पार्टीका नेताहरु उत्साहित देखिएका छन् । यस पटक तीन कम्युनिष्ट पार्टीले जम्मा १६ सिट जितेका छन् ।
सन् २०१० मा कम्युनिष्ट पार्टी अफ इन्डिया (सिपिआई) ले एक सिट जितेको थियो भने सन् २०१५ को निर्वाचनमा कम्युनिष्ट पार्टी अफ इन्डिया–एम–एल(लिवरेसन) ले तीन सिट जितेको थियो । अन्य दुई वामपन्थी दलले एक सिट पनि जितेका थिएनन् । यस अगाडिको विधानसभा निर्वाचनमा कम्युनिष्ट पार्टीले जम्मा ३ सिट जितेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]