देशपाेष्ट/काठमाण्डाैं । काठमाडौंको कलंकीमा आज बिहानै रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।
मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराका अनुसार नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम खुलिसकेको छैन ।
दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]