देशपाेष्ट/काठमाण्डाै । खोटाङ जिल्लाको दिप्रुङ गा.पा.ले पालिकामा कोरोना संक्रमण फैलन नदिन र बिरामीहरुको सहज उपचारको लागि पाँच शैय्याको अस्थाई कोभिड अस्पातालको स्थापना गरेको छ । पालीकाको वाड नं. १ याम्खाको स्वास्थ्य चौकीमा अस्थाई कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो ।
कोरोना भाइरसको संक्रमण दर फैलिर भयवह अवस्था आएमा नागरिकको सहज उपचार व्यवस्थापनका लागि अस्थायी कोभिड अस्पताल स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।
संघिय सरकारको १० लाख र पालिकाले छुट्याएको ३५ लाख गरि कुल ४५ लाखको लागतमा उक्त अस्पताल सञ्चालनमा ल्याइएको हो ।स्वास्थ्यचौकीको नयाँ भवनमा स्थापना गरिएको कोभिड–१९ सम्वन्धी अस्पताल मंगलबार गाउँपालिकाका अध्यक्ष राईले उद्घाटन गरेका हुन् ।
एक जना एमबिबिएस डाक्टर, २ जना स्टाफ नर्स, १ जना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगी गाउँपालिकाले नियुक्त गरेर अस्थायी कोभिड अस्पताल स्थापना गरेको हो ।
काठमाण्डौं, भारत र तेश्रो मुलुकबाट आउने मान्छेलाई एउटै नजरले हेर्नुपर्ने हुन्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यसकारण संक्रमित क्षेत्रबाट आएका नागरिकलाई पिसिआर परिक्षण गर्दा संक्रमण देखियो भने उहाँहरुलाई बाहिर पठाउनुभन्दा आफ्नै ठाउँको आइसोलेसनमा राख्ने व्यवस्थाका लागि अस्पताल स्थापना गरिएको हो ।’
अस्थायी कोभिड अस्पताल उद्घाटनकाक्रममा गाउँपालिका उपाध्यक्ष सपना रार्ई, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, वडाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]