देशपाेष्ट/काठमाण्डाैं । बलिउड अभिनेता सैफ अली फिल्म ‘आदिपुरूष’ मा लंकेशको भूमिका निर्वाह गर्दैछन् । यो फिल्मका लागि उनले ११ करोड पारिश्रमिक बुझेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअघि उनले हरेक फिल्ममा ३ देखि ४ करोडसम्म पारिश्रमिक लिने गरेका थिए । ‘तान्हाजी’ को सफलतापछि उनले पारिश्रमिक बढाएको बताइएको छ ।
यतिबेला सैफ फिल्म ‘भूत पुलिस’ को छायांकनमा व्यस्त छन् । यसपछि उनले अली अब्बास जफरको वेब सिरिज ‘दिल्ली’ गर्नेछन् । लगातार एक्सपेरिमेन्ट गरिरहेका उनले अहिले राम्रो कन्टेन्टलाई प्राथमिकता दिँदै आएका छन् । उनी फिल्ममा निर्वाह गर्ने चरित्रमा नयाँ प्रयोग गर्न पनि डराउँदैनन् । उनले केही समययता जुन रिक्स मोलिरहेका छन्, त्यसमा उनी सफल भएका छन् ।
‘आदिपुरूष’ मा सैफले भिलेनको भूमिका निर्वाह गर्नेछन् भने अभिनेता प्रभास रामको भूमिकामा देखिनेछन् । फिल्ममा उनीहरुको घमासान द्वन्द्व देख्न पाइनेछ । यो फिल्मको निर्माण लागत ४ सय करोडको आसपास हुने बताइएको छ । कोरोना भाइरसपछि निर्माण हुने ‘आदिपुरुष’ भारतको सबैभन्दा ठूलो फिल्म हुनेछ । फिल्म तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा निर्माण हुनेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]