देशपाेष्ट/काठमाण्डाैं । कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने अवसर दिएको छ ।
कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अनुसन्धान बिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न सक्ने जनाएको छ ।
कुवेत सरकारको सम्बन्धित निकायहरुले जारी गरेको यात्रा प्रतिबन्धमा परेका बाहेक कुवेतको आवासीय भिसा समाप्त भएका तथा १ जनवरी २०२० वा यो मितिभन्दा अघि प्रवेश भिसामा कुवेत गएका विदेशी नागरिकलाई कुवेतले कुनै कानुनी अनुसन्धान नगरी स्वदेश फर्कन वा आफ्नो कानुनी अवस्था सच्याउन अवसर दिएको हो ।
कानुनी अनुसन्धान नगरे पनि आफ्नो कानुनी वैधानिकताका लागि १ डिसेम्बरदेखि ३१ डिसेम्बर २०२० भित्रमा कुवेतको ‘पब्लिक एडमिनिस्ट्रेसन अफ रेसिडेन्सी एफेएस’ मा गएर कानुन अनुसार तोकिएको जरिवाना भने तिर्नु पर्छ ।
यो अवधिभित्र आफ्नो आवासीय अवस्था नसच्याएको पाइएमा कुवेत सरकारले कानुन अनुसार जरिवाना हुने जनाएको छ भने भिसा उल्लङ्घन गर्ने व्यक्तिले फेरि आवासीय भिसा पाउने छैनन् । कुवेत सरकारले फेरि कुवेत फर्कन नसक्ने गरी डिपोर्टसमेत गर्नेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]