• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / धर्म/दर्शन

आज धनतरेस, कसरी मनाइन्छ ?

२८ कार्तिक २०७७, शुक्रबार १५:३८ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • ५९९ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाै । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आरधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ ।

    भाण्ड त्रयोदशी समेत भनिने आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा ग्राहकको भीड लाग्छ । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तल लगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राखिएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण विगत वर्षमा जस्तो भाँडाको व्यापार नभएको चावहिलमा भाँडा पसल सञ्चालन गर्दै आएका रामबहादुर श्रेष्ठले बताए ।

    यमपञ्चकको पहिलो दिन बिहीबार साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्या अनुसार यमदीप दान शुरु भएको छ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताए ।

    मनाइयो काग तिहार

    साँझको समयमा कात्तिक कृष्ण त्रयोदशी भएका दिनदेखि यमदीप दान शुरु गर्नुपर्ने भएकाले बिहीबार साँझदेखि शुरु भएको समितिले जनाएको छ । सूर्योदय कालमा त्रयोदशी भएका दिन गर्नुपर्ने काग पूजा भने आज बिहान मीठा परिकार खान दिएर गरिएको छ । कागलाई सन्देशवाहकका रुपमा पूजा गरी मीठा चीजबीज खान दिइन्छ ।

    कागले यमदूतका रुपमा समेत काम गर्ने विश्वास गरिन्छ । घरमा काग कराएमा केही सन्देश ल्याएको मानिन्छ । काग कराउँदा शुभ बोल, शुभ बोल भन्ने प्रचलन समेत छ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनसम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । तिहारलाई नेपालीले दोस्रो ठूलो चाडका रुपमा मनाउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑