देशपाेष्ट/काठमाण्डाैं । नेपाली कांग्रेसको सह–महामन्त्रीमा सुनिल बहादुर थापा नियुक्त भएका छन् । शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
यसका साथै बैठकले थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय समेत गरेको छ। बैठकले रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टि.एन. योगीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो।
यसैगरी, दिलिप राई आशाराम चौधरी र राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णय गरिएको छ।
केहि समय अगाडी थापा राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका हुन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]