देशपाेष्ट/काठमाण्डाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा देखिएको विवाद समाधानको लागि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल बीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आइतवार ओली र नेपाल बीच छलफल भएको हो । वरिष्ठ नेता नेपालसँग भेट गर्नु अगाडी प्रधानमन्त्री आलीले नेकपा उपाध्यक्ष वामदेब गौतमसँग भेटवार्ता गरेका थिए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार पेश गरेको प्रस्तावले गर्दा नेकपामा थप विवाद सिर्जना गरिदिएको छ । उक्त प्रस्तावमा वरिष्ठ नेता नेपाल सहित वामदेव गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको समेत सहमति भएपछि प्रधानमन्त्री ओलीमाथि थप दबाब बढेको छ ।
नेपालसँग आइतबारको भेटमा नेता विष्णु पौडेल पनि सहभागी रहेको ओली निकट स्रोतले जनाएको छ । उक्त छलफल दाहालको राजनीतिक प्रस्ताव फिर्ता लिने उपायबारे केन्द्रित रहेको बुझिएको छ ।
ओलीले विवाद समाधान गर्न नेता नेपाललाई आग्रह गरेको समेत नेकपा स्रोतले बताएको छ । गत शुक्रबार दाहालले पेश गरेको प्रतिवेदनमा प्रधानमन्त्रीले सरकार र पार्टीलाई सही दिशा दिन नसकेको बताइएको छ । पछिल्लो केही सातादेखि नेकपाका दुई अध्यक्षबीच आरोप प्रत्यारोप बढ्न थालेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]