• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / मुख्य समाचार

प्रचण्डले लगाएका झुटा आरोपको प्रधानमन्त्री ओलीले जवाफ नदिने

३० कार्तिक २०७७, आईतवार १९:३७ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • १००३ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाैं । शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड)ले पेश गरेको राजनैनित प्रस्तावमा आँफु माथी लगाएको आरोप झुटको पुलिन्दा भएको प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आफूले त्यस्ता ‘वाहियात एवं झूठा आरोपहरुको जवाफ नदिने प्रधानमन्त्रीको अडान छ ।

    आइतबार विवाद समाधानको लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेलसँगको भेटवार्तामा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।छलफलका क्रममा प्रधानमन्त्रीले आफूमाथि यसैगरी आरोप लगाउने हो भने आफू पनि अर्को ‘एक्स्ट्रिम’मा जान सक्ने बताएका थिए ।

    पार्टीमा देखिएका सम्पूर्ण विवाद पार्टी कमिटिको बैठक बसेर समाधान गर्न र आरोपहरुको खण्डन पनि बैठकमै गर्न वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए, तर प्रधानमन्त्रीले त्यस्ता वाहियात आरोपको आफूले जवाफ नदिने बताएको स्रोतले भन्यो ।

    वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसँग भएको दुईघण्टा लामो कुराकानीमा प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग सँगै हिँड्न नसकिने बताउँदै आफूलाई सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए ।

    वरिष्ठ नेता नेपालले त्यसरी अर्को छोरमा पुगेर सोच्दा समस्या समाधान नहुने भन्दै संयमित भएर समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको स्रोतले बतायो ।

    आइतबार माधव नेपाल र विष्णु पौडेलसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले बालुवाटारमै उपाध्यक्ष वामदेब गौतम सँग करिब डेढ घण्टा छलफल गरेका थिए ।

    सघन परामर्शमा प्रधानमन्त्री

    शुक्रबारको सचिवालय बैठकपछि नेकपाको आन्तरिक राजनीतिमा थप तरंग उत्पन्न भएको छ । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीको राजीनामा माग्ने आशयको (त्याग गर्नुपर्ने) राजनीतिक प्रस्ताव पेश गरेपछि त्यसको ‘काउन्टर’ कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सघन सम्वाद अगाडि बढाएका छन् ।

    आइतबारसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले पार्टीभित्रका विभिन्न नेताहरुका साथै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरिसकेका छन् । आइतबार उनले उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा बेग्लाबेग्लै छलफल गरेका छन् ।

    प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाएपछि नेता नेपालले भीम रावललगायतका नेताहरुलाई पनि लिएर आउने प्रस्ताव गरेका थिए । तर, ओलीले सचिवालयस्तरमा मात्रै कुराकानी गरौं भनेपछि महासचिव पौडेलसहित तीनजनावीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।

    माधव–ओली भेटमा उपाध्यक्ष वामदेव गौतमलाई पनि सँगै बस्न आग्रह गरिए पनि ‘मैले प्रधानमन्त्रीसँग अघि नै कुराकानी गरिसकें’ भन्दै गौतम नआएको बुझिएको छ ।

    गत शुक्रबारको सचिवालय बैठकमा प्रचण्डले अप्रत्यासितरुपमा आफूविरुद्ध प्रस्ताव दर्ता गराएपछि चकित बनेका प्रधानमन्त्रीले त्यही दिन बैठक सकिएलगत्तै बालुवाटारमा माधवकुमार नेपालसँग छुट्टै कुराकानी गरेका थिए ।

    नेता नेपालसँगै उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा बादलसँग पनि प्रधानमन्त्री ओलीले अब के गर्ने भन्नेबारे छलफल गरेका थिए ।

    प्रधानमन्त्री ओलीले बैठकको भोलिपल्ट (शनिबार) शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि पछिल्लो राजनीतिक परिस्थिति एवं पार्टीमा उत्पन्न समस्याबारे छलफल गरेका थिए ।

    शुक्रबार केहीबेर बसेर मंसिर ३ गते बस्ने गरी सचिवालय बैठक स्थगित भएको छ । मंसिर ३ को बैठकमा प्रचण्डको लिखित प्रस्ताव, केपी ओली को १० पन्ने पत्र लगायतका डकुमेन्टहरु अध्ययन गरेर त्यसमाथि छलफल गर्ने भनिएको छ । तर, प्रधानमन्त्रीले प्रचण्डले लगाएका आरोपको जवाफ नदिने नेताहरुलाई स्पष्ट पारेका छन् ।

    उता, स्थायी कमिटी सदस्य शंकर पोखरेल लगायतका ओली पक्षका नेताहरुले प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव फिर्ता हुनुपर्ने अडान राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑