• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / खेलकुद

को बन्ला नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक ?

३० कार्तिक २०७७, आईतवार २०:१२ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • ५८७ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंसिर दोस्रो सातासम्म नयाँ मुख्य प्रशिक्षक पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो साता क्रिकेट टिमको मुख्य प्रशिक्षक घोषणा हुने जनाएको हो । शनिबार मुख्य प्रशिक्षकका लागि दाबेदार रहेका १२ जना प्रशिक्षकसँग अन्तर्वार्ता लिएपछि क्यानले नयाँ प्रशिक्षक घोषणा हुने मिति तय गरेको हो ।

    क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको समन्वयमा मुख्य प्रशिक्षकको घोषणा गरिने जनाएको छ । मुख्य प्रशिक्षक पदका लागि क्यानले सूचना प्रकाशित गरेकोमा कूल ७२ जनाले आवेदन दिएको र त्यसबाट पहिलो चरणमा २५ प्रशिक्षक छनोट गर्दै दोस्रो चरणमा अन्तर्वार्ताका लागि १२ प्रशिक्षक छनोट गरिएको क्यानले जनाएको छ ।

    अब अन्तर्वार्ता दिएका १२ मध्ये एक जना नेपाली क्रिकेट टिमको नयाँ प्रशिक्षक बन्नेछन् । क्यानले अहिलेसम्म क-कसले आवेदन दिए भन्ने नाम सार्वजनिक नगरे पनि पूर्व प्रशिक्षक पुबुदु दासानायके भारतका चेतन शर्मा देखि डेव ह्वामोर र लान्स क्लुसेनरसम्मले आवेदन दिएको चर्चा छ ।

    श्रीलंकाका पूर्व विकेटकिपर दासानायके यसअघि ६ वर्ष नेपालको प्रशिक्षक रहेर सन् २०१६ मा फर्किएका थिए । उनको प्रशिक्षणमा नेपालले २०१४ मा बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा खेलेको थियो । ह्वाटमोरको प्रशिक्षणमा श्रीलंकाले १९९६ को विश्वकप जितेको थियो । दक्षिण अफ्रिकी अलराउन्डर क्लुसनर १९९९ को विश्वकपमा म्यान अफ द सिरिज चुनिएका थिए ।

    ‍क्यानले तिहारअघि नै मुख्य प्रशिक्षक र क्रिकेट म्यानेजर पदका लागि आवदेन दिनेहरुको अन्तर्वार्ता लिने जनाएको थियो । बाँकी पदका लागि भने तिहारपछि अन्तर्वार्ता लिने क्यानले जनाएको छ । क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षक, क्रिकेट म्यानेजर, जेनेरल म्यानेजरसहित अन्य पदका लागि दरखास्त आह्वान गरेको थियो ।

    क्यानले मुख्य प्रशिक्षक छनोटका लागि ५ सदस्सीय समिति समेत गठन गरिसकेको छ । जसमा ३ जना क्यानबाट, १ जना आईसीसी र १ जना स्वतन्त्र विज्ञ रहेका छन् । गत फेब्रुअरीमा नेपालमा भएको विश्वकप लिग २ अन्तर्गतको घरेलु सिरिजपछि तत्कालीन मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑