देशपाेष्ट/काठमाणडाैं । हङकङमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। आइतबार राति भएको आगलागीमा परी मृत्यु हुने अधिकांश नेपाली रहेका छन् ।
हङकङका स्थानीय मिडियाहरूले दिएको जानकारी अनुसार ४ पुरुष र ३ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन्। १३ जना घाइते रहेको हङकङ फ्री प्रेसले जनाएको छ ।
यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको छ।
अधिकारीहरूका अनुसार क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको समाचारमा जनाइएको छ ।
हेर्नुहाेस भिडियाे
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]