देशपाेष्ट /काठमाण्डाैं । नेपालीहरुको महान चाड दशैं र तिहारले औपचारिक रुपमा हामीबाट बिदा लिएको छ । विश्वलाई नै आतंकित बनाई रहेको कोभिड–१९ को कहरका बीचमा नेपालीहरुले यि चाडहरुलाई बिदा गरेका छन् । महामारीको समयमा यि चाडहरु विगतमा जस्तो उत्साहपूर्ण रुपमा त मनाउन सकिएन । सरकारले पनि चाडपर्वहरुमा सामुहिक जमघट हुने हुँदा संक्रमण अझ बढ्न सक्ने भन्दै सुरक्षा मापदण्ड र सावधानी अपनाएर चाडपर्व मान्न आग्रह गरेको थियो ।
चाडपर्व मनाउन सम्पूर्ण सरकारी तथा निजी कार्यालय कारखाना विद्यालयहरुलाई सार्वजनिक बिदा दिइन्छ । तर केहि यस्ता संवेदनशिल कार्यालयहरु छन् जुन कहिल्यै बन्द(बिदा) हुँदैनन् । तिनै संवेदनशिल कार्यालय मध्ये एक हो नेपालकै एक मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ।
देशकै एकमात्र अन्तराष्ट्रिय विमानस्थलको रुपमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरु यतिबेला दोहोरो मारमा रहेका छन् । एकातिर चाडपर्वमा बिदा नपाउनुको पिडा अर्को तर्फ विश्वब्यापी महामारीको रुपमा रहेको कोभिड–१९ को रेडजोन, तर जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै विमानस्थलका कर्मचारीले व्यस्तताको बीचबाट थोरै फुर्सद निकालेर विमानस्थल(कार्यालय) परिसरमै तिहार मनाएका छन् ।
विमानस्थलको आगमन शाखामा कार्यरत कर्मचारी पुरण राईले सहकर्मीद्वय दीपा आले मगर र सम्झना पौडेललाई चेली मानेर उनिहरुको हातबाट भाइटिका लगाएका छन् ।
“विमानस्थल २४ घण्टा नै खुल्ने र यहाँ सरकारका विभिन्न निकायले काम गर्ने साथै देश तथा विदेशबाट हवाई मार्गबाट प्रवेश गर्ने एक मात्र नाका भएकोले यहाँ कार्यरत कर्मचारीले बिदा पाइदैन, साथै यो समयमा कोभिड माहामारी पनि रहेकोले निकै भिडभाड हुने क्षेत्रमा काम गर्नु पर्ने भएकाले हामीमा कोरोना को उच्च जोखिम हुन्छ त्यसैले आफन्तकोमा गएर वहाँहरुलाई पनि खतरामा पार्नु ठिक हुँदैन त्यसैले मैले यहि कार्यरत चेलीहरु सँग भाइटिका लगाएको हुँ”, राईले भने ।
अहिले राजधानीमा कोरोना संक्रमण दर उच्च अवस्थामा रहेको छ । त्यसमा पनि देश तथा विदेशबाट आउने यात्रुहरु को निकै जमघट हुने विमानस्थलमा कोरोना जोखिम निकै उच्च रहेको छ । विमानस्थलका कर्मचारीहरुमा पहिलोपल्ट विदेशमा रहेका नेपालीहरुलाई उद्धार गरि स्वदेश ल्याउन परिचालित कर्मचारीहरु मध्ये चालक दलका ९ जनामा कोरोना संक्रमण देखिएको थियो । जस मध्ये नेपालका चर्चित कलाकार एवं विमान चालक क्या. विजय लामा पनि थिए ।
लामाले आफ्नो कोरोना अनुभवको विषयमा भिडियो पनि जारी गरेका थिए ।
त्यस पछि असोज २५ मा ३०० भन्दा बढी कर्मचारीहरुको स्वाव परिक्षण गरिएकोमा ६२ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको थियो ।
“यस्तो अवस्थामा जमघट गर्न पनि नमिल्ने र जनतालाई सेवा पनि रोक्न नहुने भएकाले कार्यालयमै भाइटिका लगाएको राईले जानकारी दिए । मैले आफन्त सँग भौतिक रुपमा भेट गरिन फोन मार्फत नै भेटभाट गरि शुभकामना आदान–प्रदान गरे, यसो गर्दा आफन्तहरुलाई संक्रमणको जोखिम पनि भएन सेवाग्राही हरुलाई प्रदान गरिने सेवा पनि रोकीएन । फेरी हामी नेपालीहरु वसुधैवम् कुटुम्बकम् मा विश्वास गर्छौ त्यसैले हामी जहाँ हुन्छौ त्यहि हाम्रो परिवार हो । त्यसैले यो विमानस्थल मेरो घर हो र यहाँ कार्यरत सबै कर्मचारीहरु मेरो परिवार यहि कारणले मैले यहिँ कार्यरत दुई चेलीहरु सँग भाइटिका लगाएँ । यसो गर्दा चाडबाडमा निधार खालि पनि भएन संस्कृति पनि मनाइयो र आफ्नो जिम्मेवारी पनि पुरा गरियो” पूरण राईले देशपोष्टलाई बताए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]