देशपाेष्ट/काठमाण्डाैं ।प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संखुवासभामा १२ राउण्ड हवाइ फायर गरेको छ । सोमबार विप्लव नेतृत्वको सो पार्टीका कार्यकर्ताले जिल्लाको चैनपुरस्थित मैदाने भन्ने स्थानमा १२ राउण्ड हवाइ फायर गरेको जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले जानकारी दिए ।
विप्लव समूहले प्रहरीलाई देखेपछि हवाइ फायर गरेको बताइएको छ । फायरपछि विप्लवका कार्यकर्ता जंगलतिर भागेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको दुई वटा टोली सर्च अपरेशनका लागि घटनास्थलतर्फ लागेको बुढाले जानकारी दिए ।
सरकारले विप्लवको पार्टीले हिंसात्मक गतिविधि गर्न थालेपछि प्रतिबन्ध लगाएको थियो भने त्यसयता सो पार्टीका नेता कार्यकर्तालाई धरपकडको नीति अख्तियार गर्दै आएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]